Fri. Mar 29th, 2024

‘रामकहानी’को दोश्रो गीत रिलिज, शब्द र संगीतले मन छुन्छ

१० भदौ, काठमाडौं

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’मा समावेश दोश्रो गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘आएँ म तिम्रो छेउ’ बोलको गीतले सार्वजनिक भएको छोटो समयमा नै दर्शकको मन जितिसकेको छ ।

गम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ ।

यो गीतको शब्द, संगीत र स्वर निकै पावरफूल छ । गीतको हरेक शब्द दर्शक तथा श्रोताको मनमा बस्न सक्छ । गीतको लिरिकल भिडियो बनाउन खुबै मिहिनेत गरिएको छ । कमेडी र लभ स्टोरी कथामा निर्माण भएको चलचित्रले हलमा दर्शक तान्ने विश्वास गरिएको छ ।

यसगाडि सार्वजनिक ‘तिम्रो लागि म छु’ बोलको गीत र ट्रेलरले चर्चा पाइसकेको छ ।

२०७४ भदौ १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: