Fri. Mar 29th, 2024

धादिङमा बैशाख १ गतेदेखि ३ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने


३० चैत,  धादिङ –

धादिङमा नयाँ वर्ष २०७५ साल बैशाख १ गतेदेखि ३ गतेसम्म सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता संचालन गरिने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समितिको धादिङको आयोजनामा प्रतियोगिता गरिएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको दुई क्षेत्रमा नै प्रतियोगीता सम्पन्न भइसकेपछि जिल्ला स्तरीय प्रतियोगीता आयोजना गर्न लागिएको हो । निर्वाचन क्षेत्र नं १ को तसर्फुमा र निर्वाचन क्षेत्र नं २ को धादिङबेसीमा भएको थियो ।

जिल्लास्तरीय प्रतियोगीताको कार्यक्रम एड्भान्स एकेडेमी धादिङबेसीमा हुने जनाएको छ ।

२०७४ चैत ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: