Fri. Mar 29th, 2024

लोभलाग्दो रुविभ्याली, घुम्न जाने होइन त ? (फोटो फिचर)

उत्तरी धादिङको आशलाग्दो पर्यटकिय क्षेत्रको रुपमा रुविभ्यालीलाई लिन सकिन्छ । पर्यटकीय सम्भाब्यता बोकेको गणेश हिमाल क्षेत्र (रुविभ्याली) कोे प्रमुख आकर्षणको बिन्दु भनेको गणेश हिमश्रृंखलाको दृश्यावलोकन नै हो ।

यो हिमाल मौसम सफा हुँदा काठमाडौँबाट समेत हेर्न सकिन्छ । रुविभ्याली गाउँपालिका सरकार र पर्यटन व्यवसायीको नजरमा प्रत्यक्ष नदेखिएको भएपनि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सफल भएको छ । प्रकृतिको मनमोहक दृश्य, आशलाग्दो भविब्य बोकेका मनहरु अनि धार्मिक र साँस्कृतिक हिसाबले भरिपूर्ण रुविभ्याली सबैको आकर्षण केन्द्र बन्दै गइरहेको छ । छोटो दुरी ३ दिन देखि लामो दुरी २१ दिन सम्म पदयात्राको सम्भावना बोकेको छ । नुवाकोटबाट रसुवा हुँदै सोमदाङको बाटो र सांकोष तिप्लिङ सडकखण्डको बाटो हुँदै रुविभयालीको सौन्दर्यतालाई नियल्न सकिन्छ ।

 

तस्बिर सौजन्य : प्रजोल तामाङ

२०७५ कात्तिक १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: