Today: October 23, 2018

जिम्मेवारी काँधमा बोकी हिँड्दैछु–यतिखेर !

रुपा पाख्रिन –

जिम्मेवारी काँधमा बोकी हिँड्दैछु–यतिखेर !
भित्ताहरुमा टाउको ठोकी हिँड्दैछु–यतिखेर !

घरि दौडधुप,घरि अलमल्ल,सपनाको शहरमा
बिर्सेलाकी परिचय घोकी हिँड्दैछु–यतिखेर !

जतिखेरै पनि अरुको चित्त बुझाउँदा बुझाउँदै
आफ्नै आकांक्षाहरु रोकि हिँड्दैछु–यतिखेर !

बालाई दम आमालाई पित्त रोगबाट मुक्त पार्ने
अघोषित मितिहरु तोकि हिँड्दैछु–यतिखेर !

अचानाको पिर खुकुरीले जान्दैन–कसलाई के दोषरु
ऋण लागोस्सदिन नलागोस् भनी खोकी हिँड्दैछु–यतिखेर

२०७५ जेठ ४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट