Today: May 24, 2018

वर्षाले धादिङको ग्रामीण सडक अवरुद्ध


१८ बैशाख, धादिङ –

हावाहुरी सहित परेको असिना पानीले ग्रामीण क्षेत्रमा जाने बाटो अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्रतर्फ जाने बाटो हिल्लामै भएको छ भने पक्की सडकमा पनि माथितिरबाट लेदो झरेर बाटो पुरिएको छ ।

धादिङबेसी सल्यानटार क्षेत्र, सांकोष, तिप्लिङ सडक खण्ड लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ । बाटो बिग्रिएका कारण सवारी साधन चल्न सकेको छैन । यातायात सञ्चालनमा आउन नसक्दा स्थानीय यात्रुहरू समस्यामा परेका छन् ।

यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडकमा पानी जम्ने र सडक भत्किएर खाल्टाखुल्टी बनेपछि अहिले सडकहरूको अवस्था विजोग छ ।

वर्षाले जिल्लाको विभिन्न क्षेत्रमा लगाइएकोे तरकारी, अन्नबाली नष्ट गरेको छ । सोमबार परेको पानीले सदरमुकाम धादिङबेसीका केही घरका छानो उडाएको थियो ।

२०७५ बैशाख १८ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट