Today: September 26, 2018

गजुरी गाउँपालिकाद्धारा सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान


१५ फागुन,  धादिङ

सहकारीमा आबद्ध भएका महिलाहरुलाई गजुरी गाउँपालिकाले सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ ।

महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा गजुरी गाउँपालिकाको आयोजनामा गजुरी गाउँपालिकाको स्रोतकेन्द्रमा तालिम प्रदान गरिएको हो ।

तालिममा गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले स्थानीय तहमा सहकारी र बैधानिक अधिकारका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष नेत्र पौडेलले ऋण व्यवस्थापन, दिगो विकासका लक्ष्य, र सचिव विष्णुप्रसाद कोइरालाले नेतुत्व विकास र सहकारीका अभ्यासका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

गजुरी गाउँपालिकाभित्र रहेका १९ वटा सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा सहकारी संचालनका विधि, प्रक्रिया, नेतृत्व सीपका विषयमा जानकारी गराइएको थियो । तालिम पश्चात व्यक्तित्व विकास र नेतृत्व विकास मार्फत सहकारीलाई दिगो बनाउने सहभागीहरुले बताएका छन् ।

सहकारीमा आबद्ध भएर दैनिक बचत गर्ने बानीको विकास भएको महिल सहकारी बहुउद्देश्यीय सहकारी संस्थाका ईश्वरी हमालले बताइन् । सहकारीमा बचत गरेर आफूले भनेको समयमा ऋण लिएर आयआर्जनका काममा सहयोग भएको उनको भनाई छ । तालिम पश्चात अझ बढी सहकारीका विषयमा ज्ञान भएको हमालले बताइन् ।

तालिम गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०७४ फागुन १५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट