Fri. Mar 29th, 2024

सहकारी उत्पादनमुखी हुन जरुरी छ मन्त्री लामा

५ असार ,धादिङ

प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा लामाले सहकारीलाई उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।

धादिङबेसीमा मंगलबार भएको नेफ्स्कुनको ३ नं प्रदेशको बैठकको उद्घाटन गर्दै मन्त्री लामाले उत्पादनमुखी सहकारीमा जोड दिन सहकारीकर्मीहरुलाई आग्रह समेत गरेका छन् । सहकारी अत्यन्त पारदर्शिक, सम्मानमा आधारित, समुदायमा आधारित हुनुपर्ने भन्दै सरकारको नीति, कार्यक्रममा पनि सहकारीलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

मुलुकलाई शुसासन कायम गर्न, सुखी नेपाल निर्माण गर्न प्रदेश सरकार नयाँ योजना निर्माण गरि अघि बढ्दै गरेको पनि लामाले जानकारी दिए ।

प्रदेश नं ३ का प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरी सहकारी मार्फत देशलाई समृद्ध बनाउनेमा जोड दिए । अब कुनै पनि युवाले विदेशमा गएर श्रम बगाउनु नपर्ने उनले बताए । सहकारी मार्फत देशमै रोजगारीका आधारहरु अपनाउने मन्त्री लामाले बताए ।
सहकारीको नाममा भष्ट्चार बढेको भन्दै इमान्दारिता, धैर्यता र अनुशासित भएर एकअर्काबीच सहकार्य गरेर अघि बढ्न सहकारीकर्मीहरुलार्ई आग्रह गरे ।

२०७५ असार ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: