Today: October 24, 2017

धादिङको सिद्धलेकको सलाङ गाउँ पर्यटन वर्षको रुपमा घोषणा


१० असोज,  धादिङ –

 

धादिङको सिद्धलेकमा रहेको आमकोट गाउँ पर्यटन वर्ष गाउँको रुपमा घोषणा गरिएको छ ।

३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले धादिङको सिद्धलेकको आमकोट सहित स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई पर्यटन वर्ष गाउँको रुपमा घोषणा गरिएको हो ।

विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन् ।

सलाङको आमकोटको होमस्टे र सिद्धलेकको धार्मिक महत्व, पर्यटन सम्भावनालाई मध्यनजर गर्दै पर्यटकिय गाउँ घोषणा गरिएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले जानकारी दिए ।

२०७४ असोज १० गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट