Today: October 22, 2018

धादिङको सल्यानटारमा अस्पताल भवन निर्माण


२१ असोज, धादिङ –

धादिङको त्रिपुरासुन्दरी गाउँपालिस्थित सल्यानटारमा सरकारले सुविधा सम्पन्न नयाँ अस्पताल भबन निर्माण गरेकोे छ । ग्रामीण क्षेत्रका जनताहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गरिएको हो ।

प्रत्येक स्थानीय तहहरुमा अनिवार्य १५ शैयाको अस्पताल स्थापना गर्ने नेपाल सरकारको केन्द्रिय नीति अनुरुप प्राथमिक स्वास्थ्थ केन्द्रबाट उक्त सेवा प्रदान गर्ने उद्देश्यले नयाँ अस्पातल भबनको निर्माण गरिएको हो ।

उत्तरी धादिङ लगायत गोर्खा जिल्लाबाट समेत मानिसहरु उपचारका लागि आउने सल्यानटार प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि १५ शैयाको अस्पतालमा बनाउनको लागि प्रदेश सरकारले आवश्यक बजेटको ब्यबस्था यसै बर्ष गरेको छ ।

भौतिक पुर्वाधारको अभावका कारण विरामीहरुलाई सेवाप्रदान गर्दा पनी निकै समस्या भएकोमा नयाँ भबन निमार्ण भएपछि सेवा सञ्चालनमा सहन हुने गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाको भनाई छ । अस्पतालमा दैनिक पचास देखि सत्तरी जना जना सम्म विरामीहरु ओपिडि सेवा र विस देखि पच्चिस जना आकस्मिक सेवा लिन आउने गरेको थापाले बताए ।

प्रत्येक वर्ष तीसदेखि चालीस हजार विरामीहरुलाई यस स्वास्थ्य केन्द्रले सेवा दिदै आएको अस्पताल डाक्टर ढुण्डीराज पौडेलको भनाई छ । अहिले अस्पतालमा दुई जना चिकित्सक सहित १४ जना कमचारीहरुले नियमित सेवा दिदै आएका छन् । अस्पतालले पहिले दिदै आएको सुविधालाई स्तरोउन्नती गर्दै सुबिधा सम्पन्न प्रयोगशाला एक्स–रे, सेवा लगाएत प्रसुति सेवा समेत सन्चालन गरिरहेको रहेको छ ।

अस्पतालले केही महिनापछि रेविज विरुद्धको भ्याक्सिीन अबदर्प दम्सको उपचार पनि यहीबाट सन्चालनमा ल्याउने तयारी गरेकोे छ ।
त्रिपुरा सुन्दरी गाउँपालिकाका वस्तिहरु विकिट स्थानमा रहेका कारण सुबिधा सम्पन्न स्थानमा स्वस्थ उपचार लिन जान समस्या हुने गरेको भन्दै, अब धेरै रोगहरुको उपचार यसै अस्पतालमा लिन पाउँदा स्थानियहरुलाई सहज हुने गाउँपालिकाका उपाध्यक्ष देबि पान्डे बुर्लाकोटीको भनाई रहेको छ ।

सुविधा सम्पन्न भवन नेपाल सरकारको चार करोडको लागतमा निर्माण सम्पन्न गरी आजनै गाउपालिकालाई हस्तानतरण गरेको हो । यस भवनबाट अस्पतालले नियमीत सेवा सुरु गरेको छ । अस्पताल भबन हस्तानतरण कार्यक्रममा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत खत्रिको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा उपाध्यक्ष देबि पान्डे बुर्लाकोटी वडा न १ का वडा अध्यक्ष भोजबहादुर रिजाल स्वास्थ्थ कर्मी स्थानीय बासी लगाएतको उपस्थिति रहेको थियो ।

२०७५ असोज २१ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट