Fri. Mar 29th, 2024

बिग ब्याश लिगमा सन्दीपले २४ रन खर्चेर होबर्टको ३ विकेट लिए

९ पुस, काठमाडौं

अष्ट्रेलियाको बिग ब्याश लिगमा युवा स्पिनर सन्दीप लामिछानेले साेमबार ३ विकेट लिएका छन् । त्यसका बाबजुद पनि उनको टिम मेलबर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ । सोमबार होबर्ट हरिकन्सविरुद्धको खेलमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिंदै ३ विकेट लिएका हुन् । सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे । नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन सकेनन् ।

१४औं ओभरको दोस्रो बलमा सन्दीपले ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए ।१६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे ।

सन्दीपले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ र निक लार्किनले ४५ रनको पारी खेले । मार्कस स्टोइनिसले २२ रन बनाए ।१५६ रनको लक्ष्य होबर्ट हरिकन्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान वेडले ५२, डार्सी सर्टले ३४ तथा बेन म्याकडर्मोटले २८ र जर्ज बेलीले अविजित २७ रन बनाए ।मेलबर्नले यसअघि पहिलो खेलमा सिड्नी थण्डरसँग पराजित भएकाे थियो ।

२०७५ पुस ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: