Tue. Mar 19th, 2024

सत्यवती माविमा पूर्व विद्यार्थीको भेला, अध्यक्षमा बस्नेत


९ चैत, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ आदमटारमा रहेको सत्यवती माद्यामिक बिद्यालयमा पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ । सत्यवती माविका पूर्व विद्यार्थीहरु सहभागी सो भेलामा उनीहरुबीच परिचयात्मक कार्यक्रमसहित आफ्ना अनुभवहरु आदानप्रदान गरिएको थियो ।

भेलाको अवसरमा “सत्यवती माबि रुपन्तरणमा, पूर्व बिद्यार्थीको सहभागिता’’ विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । भेलामा सहभागीहरुले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासको लागि समन्वय गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

पूर्व विद्यार्थी नारायणप्रसाद आयार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खतिवडा, विद्यालयका प्रधानाध्यपक रामबहादुर खतिवडा तथा पूर्व विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

सहभागी पूर्व बिद्यार्थीको भेलाले राजेन्द्र कुमार बस्नेतको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष नीलकण्ठ खनाल, महासचिव दीपक अर्याल, कोषाध्यक्ष शान्ती पुरी, सचिव कविता खतिवडा, सदस्यहरु परशुराम खतिवडा, मेनुका खतिवडा, राधा अधिकारी, प्रल्हाद लामिछाने चन्द्र बहादुर राई, नारायण सुबेदी रहेका छन् ।

२०७५ चैत ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: