Fri. Mar 29th, 2024

धादिङमा हिंसा न्यूनिकरणका लागि ‘स्कुल–स्कुलमा प्रहरी’ अभियान


२६ भदौ, धादिङ  –

धादिङमा हिंसा न्यूनिकरणका लागि स्कुलस्कुलमा प्रहरी अभियान सुरुवात गरिएको छ । एक महिनासम्म संचालन गरिने अभियान अन्र्तगत समाजमा घट्ने यौनजन्य अपराधिक तथा घरेलु हिंसाका बारेमा स्कुलस्कुलमा गएर अभियान चलाइने धादिङका प्रहरी नायव उपरीक्षक श्याम कुमार महताले जानकारी दिए । बलत्कार तथा हिंसाका सिकार अधिक मात्रामा बालिकाहरु हुने गरेका कारण विद्यालयलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको महतोको भनाई छ । महिला, बालिकालाई मात्र नभएर बालक तथा पुरुषलाई पनि कानुन र सचेतना आवश्यक हुने हुदाँ स्कुल स्कुलमा प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो ।

भदौ १ गतेदेखि सञ्चालनमा आएको नयाँ कानुनका विषयमा पनि जानकारी दिने र सबै महिला दिदिबहिनीको सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि अभियान संचालन गरिएको कार्यलयले जानकारी दिएको छ । आफ्नै आफन्त र चिरपरिचित मानिसबाटै हिंसा हुने गरेको तथ्याङ्कका कारण यस्ता हिंसा न्यूनिरकणका लागि विद्यालयलाई रोजेको प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए । बालबालिकाले आफुले जानेका कुरा साथीभाई तथा घर परिवारमा शेयर गर्ने हुदा हिंसा न्यूनिकरणमा सहयोग पुगी सभ्य र समृद्ध समाज निर्माण गर्न सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए । अपराध भैसकेपछि अपराधिलाई बचाउन खोज्नेहरुका कारण पनि न्यायमा पहँुच पु¥याउन कठिन रहेको विकको भनाई छ ।

जिल्लामा आर्थिक वर्ष ०७३/०७४ मा यौनजन्य अपराधका घटना ३६, घरेलु हिंसाका घटना १६६, ०७४/०७५ मा यौनजन्य अपराधका घटना ३१, घरेलु हिंसाका घटना १८७ र हालसम्म ०७५/०७६ मा यौनजन्य अपराधका घटना ६, घरेलु हिंसाका ४३ वटा घटनाहरु प्रहरीको दर्ता भएका छन् । ०७३ सालदेखि हालसम्मको तथ्याङ्कलाई हेर्दा १० वर्षसम्म १५ प्रतिशत, ११–१८ वर्षसम्म ४९ प्रतिशत, १९–६० वर्षसम्म ३३ प्रतिशत र ६० भन्दा माथिका ३ प्रतिशत यौनजन्य अपराधका घटना रहेको उनले बताए ।

धादिङमा यौनजन्य अपराधका घटना ११–१८ वर्षसम्मका बालिकाहरुमा हुने गरेका कारण स्कुल स्कुलमा प्रहरी कार्यक्रममा जोड दिएको कार्यलयले जनाएको छ ।

२०७५ भदौ २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: