Today: April 24, 2019

धादिङ जिल्लाबाट एसईई परीक्षामा ५ हजार ८ सय ५८ परीक्षार्थीहरु सहभागी हुने


७ चैत, धादिङ –

आगामी चैत १० गतेदेखि सुरु हुने माध्यमिक शिक्षा (एसईई) परीक्षामा धादिङ जिल्लाबाट ५ हजार ८ सय ५८ जना परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धादिङले जानकारी दिएको छ ।

अघिल्लो वर्ष ६ हजार ३ सय ६२ जना परीक्षार्थीहरु सहभागी भएका थिए । परीक्षा चैत १८ गतेसम्म संचालन हुनेछ । विद्यालय तहको अन्तिम परीक्षा भनेर चिनिने एसईईको नियमित, एक्जाम्प्टेड तथा प्राविधिकतर्फको परीक्षा चैत १० गतेदेखि १८ गतेसम्म नै संचालन हुनेछ । परीक्षा प्रणाली विगतका वर्षको झैं ‘ग्रेड’मा हुनेछ ।

परीक्षाका लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित बनाउनका लागि २६ जना केन्द्राध्यक्ष सहित प्रत्येक परीक्षा केन्द्रमा १५/१५ जना सुरक्षाकर्मीहरु खटाइने कार्यलयका कृष्णकुमार श्रेष्ठले जानकारी दिएको छ ।

२०७५ चैत ७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट