Tue. Mar 19th, 2024

एसईई परीक्षा आजदेखि सुरु, धादिङ जिल्लाबाट ५ हजार ८ सय ५८ परीक्षार्थीहरु सहभागी


१० चैत, धादिङ –

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आजेदेखि शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षामा धादिङ जिल्लाबाट ५ हजार ८ सय ५८ जना परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धादिङले जानकारी दिएको छ । अघिल्लो वर्ष ६ हजार ३ सय ६२ जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

परीक्षाका लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित बनाउनका लागि २६ जना केन्द्राध्यक्ष सहित प्रत्येक परीक्षा केन्द्रमा १५र१५ जना सुरक्षाकर्मीहरु खटाइने कार्यलयका कृष्णकुमार श्रेष्ठले जानकारी दिएको छ ।

२०७५ चैत१० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: