Today: July 16, 2018

सिद्धलेकको दोस्रो गाउँसभा, २० वटा विधेयक पारित

३० चैत, धादिङ –

सिद्धालेक गाउँपालिकाको हिउदे गाउँसभा बाट गाउँपालिका संचालनको लागि पेश गरिएका २० वटा विधेयक सर्वसम्मत रुपमा पारित भएका छन् ।

गाउँ पालिकाको कामलाइ मर्यादित, ब्यवस्थित, परिणामुखी र जनताप्रति उत्तरदायी हिसावले संचालन गर्नको लागि गाउँसभाको बैठकबाट २० वटा विधेयकको कार्यविधि तथा नियमावली सर्वसम्मत रुपमा पारित गरिएको हो ।

पारित भएका विधेयकहरुमा आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको कानुन २०७४, आर्थिक ऐन २०७४, शिक्षा नियमावी २०७४, गाउँपालिकाको कार्य सम्पादन नियमावली २०७४, विपद तथा सुरक्षीत आप्रवासन राहत तथा आर्थिक सहायता कोष संचालन निर्देशिका २०७४, सिद्धालेक गाउँपालिकाबाट गरिने बजार अनुगमन गरिने निर्देशिका लगायतकाहरु रहेको गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मण भट्टराइले जानकारी दिए ।

साथै हिउदे गाउँसभाले शिक्षकहरुको तलव भत्ताको लागि आएको थप १ करोड ९१ लाख रुपैया र १ करोड ८७ लाख रुपैयाको ससर्त अनुदान पनि पास गरेको छ ।

२०७४ चैत ३० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट