Fri. Mar 29th, 2024

धादिङबेसीमा सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडको शाखा विस्तार


२७ माघ, धादिङ–

सदरमुकाम धादिङबेशीमा सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडको शाखा विस्तार गरिएको छ । सिद्धार्थ इन्सुरेन्स कम्पनीको धादिङमा पनि शाखा विस्तार भएसँगै नेपालभर ७० वटा शाखा विस्तार भइसकेको कम्पनीका बजार विभाग प्रमुख रामजी ढकालले जानकारी दिए ।

शाखाको आइतबार एक कार्यक्रम गरि शुभारम्भ गरिएको हो । सिद्धार्थ इन्सुरेन्स कम्पनीले सम्पूर्ण सम्पत्ति र दायित्वको बीमा गर्ने गर्दछ । निर्जीवन बीमा मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । य

किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ ।

भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु जरुरी रहेको ढकालले बताए ।

२०७५ माघ २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: