Fri. Mar 29th, 2024

१२ कक्षा पास गरेपछी मात्र एसएलसी सरह मान्यता

 
index

६ कात्तिक, काठमाडौं – कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेको छ ।

कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो ।
बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा ९ सेकेन्डरी एजुकेसन सर्टिफिकेट अर्थात एसईसी सञ्चालन गर्ने निर्णय गरेको छ  । त्यस्तै कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९स्कुल लिभिङ सर्टिफिकेट अर्थात एसएलसी सञ्चालन गर्नेमा सहमति जुटेको हो ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसएलसी १० र एसएलसी १२ गर्न प्रताव मन्त्रालयमा पठाएको थियो । गोरखापत्र दैनीकबाट

About The Author

Loading...

अन्य समाचारहरु: