Fri. Mar 29th, 2024

सुनौला बजारको मैदानले अब मुहार फेर्छ : मन्त्री सिर्पाली

शंकर श्रेष्ठ / ५ कात्तिक,  धादिङ –

sirpali
गाउँ गाउँमा खेलकुदको विकासको लागि सरकारले नयाँ नीति तयार गरिरहेको यूवा तथा खेलकुद मन्त्री दलजित सिर्पालीले बताएका छन् ।

धादिङको पुरानो सदरमुकाम सुनौलाबजारमा आयोजित मुकुन्द सेन स्मृतिकप जिल्ला स्तरीय फुटबल प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्न आएका मन्त्री सिर्पालीले तयार हुँदै गरेको नयाँ नीतिले सबै यूवाको भावनालाई सम्बोधन गर्ने बताए । सबै यूवा एक भएर योजना लिन र जिल्लालाई खेलमय बनाउन आग्रह गर्दै मन्त्री सिर्पालीले सुनौला बजारको खेलमैदानको मुहार बदल्ने काममा आफु सकारात्मक भएको बताए ।

तपाइहरुको सदरमुकाम अन्त सरेको छ । सदरमुकाम लुटिएपछिको पीडा तपाइसंग छ । मैले बुझेको छु । आज यो ठाउँमा सदरमुकाम भैदिएको भए हामी सदरमुकामको गर्व गर्न पाउँथ्यौ । आज तपाइहरुलाई एउटा सुगम क्षेत्रको दुर्गम गाउँमा बसेको अनुभुति भएको छ ।’ सुनौलाबजारबासीको बास्तविकता बोलेर मन्त्री सिर्पालीले कार्यक्रम हेर्न कार्यक्रम स्थल पुगेका स्थानीयहरुलाई अचम्मित बनाए ।

भौगोलिक कारणले सहर विस्तार गर्दा आवश्यक पूर्वाधार निर्माणमा कठिनाई आउने  समस्या देखाउदै २०३२ सालमा सदरमुकाम सुनौलाबजारबाट धादिङबेसी सारिएको थियो । सदरमुकाम सारिएपछि सुनौलाबजारका स्थानीयमा भावनात्मक चोट पुगेकोले पनि यस ठाउँको विकासका लागि आफु मन्त्रीभएको बेला सक्दो सहयोग गर्ने उनले बताए । जनतालाई भाषण र आश्वासन होइन विकास चाहिएको छ, मन्त्री सिर्पालीले भने, तपाइहरु योजना बनाउनुस्, बजेट माग्नुस्, बाँकी काम गर्ने मेरो जिम्मा भयो ।’ प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पुरानो सदरमुकामलाई अब फेरी नमूना सुन्दर बजार बनाउन चाहिएजति सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

कार्यक्रममा पूर्व सांसद शालिकराम जम्मरकट्टेलले जिल्लाको खेदकुलका लागि आफु र आफ्नो पार्टी सधै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गाउँमा बेलाबेला हुने यस्ता कार्यक्रमले भएपनि पुरानो सदरमुकामको अस्तित्व जोगाउन सहयोग पुग्ने बताएका छन् । वाइसिएल धादिङको आयोजनामा भएको फुटबल प्रतियोगिताको खेलकुद मन्त्री सिर्पालीले बल हानेर उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन शुक्रबार आयोजक समूह ए र टेक्वान्दो धादिङको समुहले सो म्याच खेलेका छन् । प्रतियोगितामा जिल्लाभरबाट १७ समूह सहभागी छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: