Today: November 18, 2018

तरबार प्रहारबाट धादिङमा एक जना घाईते


३ कात्तिक, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका १, सिमटारमा तरबार प्रहारबाट एक जना घाईते भएका छन् ।

खानेपानीको बिषयलाई लिएर विवाद हुदाँ स्थानीय सुमबहादुर तामाङले तरबार प्रहार गरेका थिए । तरबार प्रहारबाट सोही ठाउँका अभिषेक तामाङ गम्भीर घाईते भएका छन् । उनको बीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । पेट र हातमा चोट लागेको तामाङको अवस्था गम्भीर रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

तरबार प्रहार गर्ने सुमबहादुरलाई गजुरी प्रहरीले पक्राउ गरेको छ । सुमबहादुर यस अघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई सजाय भोगेका थिए ।

२०७५ कात्तिक ३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट