Fri. Mar 29th, 2024

धादिङमा २ अर्ब १८ करोडको तरकारी उत्पादन


सरिता श्रेष्ठ / २ भदौ,  धादिङ –

धादिङ जिल्लामा यस वर्ष दुई अर्ब १८ करोडको तरकारी उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा दुई अर्ब १८ करोड २५ लाखको तरकारी उत्पादन भएको छ ।

अघिल्लो वर्ष दुई अर्ब ७६ करोड भन्दा बढी मूल्यको तरकारी जिल्लाबाट बिक्रि भएको कार्यालयले जानकारी दिएको छ । यो अघिल्लो वर्षको तुलनामा ५० करोड कमी हो । खेती योग्य फाँटमा इट्टा उद्योग र बस्ती बसाल्ने क्रम बढ्दै जाँदा तरकारी उत्पादनमा कमी आएको अनुमान गरिएको छ ।

तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लाभर ७२ हजार ७ सय ५० मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लाको नौबिसे, जीवनपुर, छत्रेदेराली, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी, भुमेस्थान, सलाङ, बेनिघाट लगायतका ठाउँहरु व्यावसायिक तरकारी लागि पकेट क्षेत्र हुन् । वार्षिक १० हजार तरकारी जिल्लाभित्र निर्यात भई राजधानी काठमाडौँ, चितवन, पोखरा लगायतका शहरमा निर्यात हुने गर्दछ । राजधानी काठमाडौँको कालीमाटी तरकारी बजारमा मात्र २७ प्रतिशत हरियो तरकारी निर्यात गर्दै आइरहेको छ ।

धादिङ जिल्ला भर ११ वटा कृषि सहकारीले तरकारी संकलन गरी देशका विभिन्न शहरहरुमा विक्रिका लागि पठाउने गर्दछन् । किसानहरुले उत्पादित तरकारी भने आँफैले खोलेको संकलन तथा विक्री केन्द्र मार्फत बजारमा पठाउँदै आएका छन् । तरकारी संकलन केन्द्रको आँकडा अनुसार गत आर्थिक वर्षमा एउटै सहकारीले ९ सय देखि २ हजार मेट्रिक टनसम्म तरकारी संकलन गरेर बजारमा पठाएको छ । सरकारले कृषि क्षेत्रको बिस्ताका लागि युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न अनुदानहरु राखेर कषि पेशामा युवाहरुको आकर्षक बढाएको छ । युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न सहुलीयत र अनुदान दिन थालेपनि यसपेशातिर खासै उत्सुकता देखिदैन ।

जिल्लामा पकेट क्षेत्रमा ५ हजार ८ सय ८२ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिन्छ । २०७२ सालमा गएको भूकम्पपछि तरकारी उत्पादन र क्षेत्रफल बिस्तारै कमी हुँदै आइरहेको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले जानकारी दिए ।

२०७५ भदौ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: