Fri. Mar 29th, 2024

अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम धादिङबेसीमा

१२ जेठ, धादिङ –

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल धादिङले एक दिने अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल तरुण दल नगर समितीद्धारा आयोजित नगर स्तरीय तरुण प्रशिक्षण गरेको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा शनिबार भएको प्रशिक्षण कार्यक्रममा काङग्रेसका नेता प्रमोदहरि गुरागाईले कांग्रेसको ईतिहासमा तरुण दलको पृष्ठभूमि, तरुण दलको बिगत, वर्तमान र भविष्यको कार्ययोजना बिषयक कार्यपत्रमा प्रशिक्षण दिएका थिए ।

कांग्रेसका जिल्ला स्तरीय विशिष्ट नेताहरुको उपस्थितीमा सहभागीहरुलाई कांग्रेसको इतिहासमा तरुण दलको पृष्ठभूमि, तरुण दलको वर्तमान परिप्रेक्ष्य, कांग्रेस र तरुण दलको बिशेषता तथा तरुण दलको बिगत, वर्तमान र भविष्यको कार्ययोजना विषयक कार्यपत्रमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश प्रसाद धमलाल ेजिल्लामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकतालाई आर्दश मान्दै सवै तरुणहरुलाई गोलवन्द गराएर लैजान तरुण दलले अगुवाई गर्न आवश्यक रहेको बताए । समय समयमा गरिने प्रशिक्षणले गोलवन्द हुन तरुणहरुलाई अगाडी बढ्न प्रेरणा दिने सभापति धमलाले बिश्वास ब्यक्त गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा वक्ताहरुले पाटीलाई वलियो वनाउन भातृ सस्थाहरु कुनै गुट उपगुटमा नलागी पार्टी र अन्य भातृ सस्थाहरुसंग समन्वय गरेर संगठनको गतिविधीमा सक्रिय रुपमा लाग्न जोड दिएका छन् । विचार निष्टाको राजनिती गर्दै देशको स्वाधिनता , अखण्डता राष्ट्रियता र जनताको लोकतान्त्रिक अधिकारलाई संस्थागत र संरक्षण गर्ने तथा सामाजिक विकृति र विसंगतिको अन्त्य गरी समाज रुपान्तरण गर्ने कार्यमा तरुण दलको अग्रणी भुमिका निर्वाह गर्नुपर्नेमा पनि वक्ताहरुले जोड दिएका छन् ।
नेपाल तरुण दल नगर समिती निलकण्ठ नगरपालिका धादिङको आयोजनामा भएको प्रशिक्षणमा तरुण दलका युवाहरुको सहभागिता रहेको थियो ।

२०७५ जेठ १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: