Fri. Mar 29th, 2024

मावि शिक्षक एसोसिएसन धादिङको अध्यक्षमा थापा सर्वसम्मत

२ मंसिर, धादिङ–

माध्यमिक विद्यालय शिक्षक एसोसियसन नेपाल हिस्टान धादिङको अध्यक्षमा राजु थापा निर्वाचित भएका छन् ।

धादिङबेसीमा भएको प्रथम जिल्ला सम्मेलनले थापा अध्यक्ष रहने गरी १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा भुवन थापा र सुनिता मिश्र, सचिवमा सम्झना भट्ट, सह सचिवमा विकास थापा मगर र कोषाध्यक्ष वीर सिंह नायक सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला तदर्थ समितिका संयोजक पूर्ण प्रसाद सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माध्यमिक विद्यालय शिक्षक एसोसियसन नेपालका केन्द्रीय सदस्य पुष्प न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७५ मंसिर २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: