Sat. Apr 20th, 2024

वोधिवृक्षको ५ वर्षे शितल छहारी


तिलक घिमिरे (निर्मल)

गत असोज महिनामा नेपालका २ वटा वामपन्थी दलहरु एक ठाउँमा आई पार्टी एकिकरण र सो भन्दा अगाडि सँगै निर्वाचन मिलेर जाने सार्वजनिक घोषणा गरी जब दुई दलहरु एक ठाउँमा आएर चुनावमा जाने निश्चित भए तब साना–साना अस्तित्वमा रहेका बाम इतरका पृष्ठभूमिबाट आएका अधिकांश दलहरु गोलवद्ध भई निर्वाचनमा जान सकिएमा मात्र आफ्नो अस्थित्व बचाउन सकिन्छ भन्ने ठानी प्राय सवै दलहरु बामपन्थी धु्रविकरणमा गोलवद्ध हुन आएका थिए र निर्वाचन आचार संहितामा उल्लेख थ्रेसहोल्डको रेलिगेशनबाट सुरक्षित अवतरण हुन सकेका थिए । यदि त्यसो नगरेका भए साना दाहरुको अस्तित्व समाप्त हुने निश्च्ति प्राय थियो । नेपाली जनताले राजनैतिक कार्यव्यवस्थता र राजनैतिक दलहरुको आचरण राम्रोसँग बुझिसकेका कारण अब साना इतरका दलहरुले मसिनो अस्तित्व देखाएर हरेक सरकारमा केही न केही मन्त्रालयको वार्गेनिङ गर्ने दिन गएको महशुस गरी आ–आफ्ना डम्पूm थन्काई सिंगो बामपन्थी छहारीमा ओत लाग्न आई आफ्नो अस्तित्व सुरक्षित गर्न सफल भएको देखियो । बामपन्थी पृष्ठभूमीबाट आएका देखि हिजोका दिन बामहरुको कट्टर विरोध गर्ने मधेशवादी दलहरुका हस्तिहरु समेतले आफ्नो विग्रदो छवि सुधार गर्ने र झण्डै–झण्डै कोमामा पुग्नै लागेको आफ्नो राजनीतिक भविष्य बचाउन सफल भएका छन् ।

चाणक्य परिभाषित गरेका ‘‘चतुर राजनीतिज्ञले समयानुकुल परिवर्तन हुनुपर्छ’’ भन्ने सिद्धान्तलाई मनन् गरी ठूलो बाढि पहिरो, असिना, पानी आउँदा ठूलै दलको छहारीमा ओत लाग्दा सुरक्षित भइन्छ भन्ने ठानी नेपालका मौलिक एवम् भिमकाय ‘बोधिवृक्ष’ को छहारीमा आएका छन् । उनीहरु यदि सो समयमा राइट डिसिजन गर्न नसकेका भए उनीहरु यतिबेला वाग्लुङ्गमा गाइ पालन, नवलपरासीमा माछा पालन र सर्लाहीमा धान गोडि रहेका हुन्थे । बोधिवृक्षकै छहारीमा तिनीहरुले आफ्नो राजनैतिक धरातल बचाउन सफल भएको देखिन्छ । जसरी आसन्न स्थानीय तह र प्रतिनिधि एवम् प्रादेशिक सभाको निर्वाचनमा वोधिवृक्षको नेृत्वमा नामावली गठवन्धनले वहुमत प्राप्त ग¥यो, फलतः उत्तरदक्षिणका छिमेकका ‘महारथी’ हरुले मित्रताको हात मात्र होइन, अँगाले मार्न ह्याकुलो नै तेस्र्याए । बोधिवृक्षलाई हिजो सवैभन्दा वर्ग सत्रु किटान गर्ने र बैरी ठान्नेहरु, उसको सुर्वाशिन छवि देख्दा अत्यन्तै इश्र्यालु भई घोषणा पूर्व नै प्रधानमन्त्रीको रुपमा स्वीकार गरी नियन्त्रण गर्न आएको पनि देखियो भने साउथ एसियाका दोश्रो ठूलो महारथी राष्ट्र प्रमुख स्वयम् आई बधाई दिनु, पहिलो ठूलो महारथीबाट बारम्वार फोन गरी नजिकिन खोज्नु जस्ता दृष्टान्तबाट पनि यो प्रष्ट हुन्छ बोधिवृक्षको विकल्प यो ५ वर्षका लागि मात्र सिमित हुन सक्दैन । यसलाई संयोग नमान्दा हुन्छ की, यो वोधिवृक्षले बनाएको एक इतिहास नै हो की, संविधानसभाका सभासदहरुले ध्वनीमनले पारित गरेर लागु गरेको वर्तमान संविधानको दुवै अवस्थामा पहिलो सरकार प्रमुख हुने सौभाग्य पाए । यहाँ ध्वनी मनले किन भनियो भन्ने मनन गर्नु पर्ने हुन्छ । अन्त्यमा मत विभाजन गरेर पारित गरिएको भएता पनि यसका धाराहरु, धारा माथिका संशोधनहरु सवै ध्वनिमनले परित भएका थिए । जुन संविधानलाई एसियाकै उत्कृष्ट एवम. समसामयिक भएको मानिन्छ ।

सुविधाजनक रुपमा रहेको बाम गठवन्धन सरकारको नेतृत्व गरेका उनै वोधिवृक्षलाई संविधान निर्माणका वखत एमालेसँग तिक्त सम्वन्धमा देखिएका संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनि समर्थन गरेपछि तिन चौथाई विश्वासको मत सम्भव भएको हो । वर्तमान नीति अनुरुप प्रधानमन्त्री बनेको १ महिना भित्र विश्वासको मत लिनु पर्ने प्रावधान अनुरुप भएको मतदानमा पक्षमा २०८ र विपक्षमा केवल ६० मात्र मत पर्नुको अर्थ यस सरकार प्रतिको विश्वास र भरोषाको मापन गर्न सकिन्छ । सरकारमा कहिले बाम गठवन्धनका २ मूख्य दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मात्र सहभागी छन् । फोराम र राजपाले विश्वासको मत एवम् सरकारमा सहभागि हुने सम्भावनाले तराई मधेश केन्द्रित दलको मुद्दा २ वर्ष अगाडि देखि अल्झिएको संविधान संशोधनको आकांक्षा पनि समुदायमा व्युँतिएको हुँदा यसलाई संवोधन गरी मधेशका वहूसंख्यक जनसमुदायको मत जित्न थप नयाँ अवसर प्राप्त भएको भन्ने निक्र्यौल निकाल्न सकिन्छ । आपूmले पाएको बहुमतले अब मुलुक एकजुट भएर अगाडि बढ्न लागेको सकारात्मक सन्देशका लागि रहेको र यस सरकार विकासको अग्रणी, भ्रष्टचारी विरोधी र सदाचारको अभियन्ता हुने प्रतिवद्धता व्यक्त गरेका विधिवृक्षले यि प्रतिवद्धता र दाविलाई प्रमाणित गर्ने सुवर्ण अवसर प्राप्त भएको छ । किनकी उनलाई स्थानीय देखि केन्द्रिय तहसम्म सौहार्दपूर्ण वातावरण सृजना भइसकेकोले अवका ५ वर्ष सो लाई सिद्ध गर्ने महत्वपूर्ण समय आइरहेको छ ।

जब नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई नियुक्ति गरे सँगै उनले संघिय सरकारको पहिलो प्रधानमन्त्री हुने अभूतपूर्व सौभाग्य पाएका छन् भने संविधान अनुसार तिनै तहको निर्वाचन पश्चात् मुलुक यतिखेर औपचारिक रुपमा संघियतामा प्रवेश गरिसकेको परिप्रेक्षमा संघिय संरचना अनुसार प्रदेश सभाको गठन भएको र सात ओटै प्रदेशको अस्थायी मूकाम तोकी प्रादेशिक सरकारले आफ्ना–आफ्ना प्रदेशका काम द्रुत गतिमा अगाडि बढि सकेका छन् र नियमित समयमा वैठक बसी जनताको पक्षमा काम शुरुभई सकेको छ । सरकारले सातै वटा प्रदेशमा मन्त्रालयको संरचना तयार पारी हाम्रो मुलुकलाई संघिय संरचना अनुरुप ढाल्दै आम नागरिकको हक, अधिकार प्रदान गर्ने तर्फ अघि बढि रहेको छ । मुलुकले सम्भवतः पहिलो पटक तिन चौथाई समर्थनको शक्तिशालि सरकार पाएको छ । बोधिवृक्षलाई हाम्रा अधिकांश दलले विश्वासको मत दिँदा प्रतिपक्षमा रहेको नेपाली काँग्रेस एक्लिएको देख्न सकिन्छ । यस पछिल्लो समयमा विकसित राजनीतिक समिकरणले वामपन्थी गठवन्धन सरकार यति मजवुद अवस्थामा उभिएको छ की, प्रतिपक्षीले जतिसुकै दवाव, महाअभियोग, अविश्वास लगायतका विशेष प्रस्ताव राख्नै नसक्ने गरी सरकारलाई शक्तिशाली बनाएको छ । धेरै दलको समर्थन सहित सरकार शक्तिशाली बन्दा आम नागरिकका शुसाशन, समृद्धि, विकास एवम् अमन चयनको आकांक्षा पनि स्वभाविकै रुपमा बढेका छन् । यस पकट केन्द्र सरकार र सात मध्ये ६ वटा प्रदेशहरुमा वामपन्थी वर्चश्वको सरकार रहेकोमा विगतका वोधिवृक्षले देखेको सुन्दर नेपाल निर्माणका सपना र “ड्रिम प्रोजेक्ट” को सफल कार्यान्वयन गरी सिद्ध गर्ने अद्धितिय अवसर प्राप्त भईसकेको छ । जुन हामीले छनक भेटिसकेका छौं ।

बामपन्थी सरकारले १०० दिने हनिमून समेत पार नगरिसकेको अवस्थामा वामपन्थी दरहरुले जनतामा प्रस्तुत गरेको चुनाव अगाडिको संकल्पलाई यथार्थमा बदल्ने कामको शुरुवात गरिसकेको हुँदा जनताहरु यस सरकारसँग आशावादी मात्र होइन पूर्ण भरोसामा रहेका छन् ।केही वर्ष देखि नेकपा एमालेको अध्यक्षतामा सम्हालेका भएता पनि कुनै निर्णायक वा प्रमुख निर्देशक नेतृत्वमा के.पि. ओली थिएनन् । उनको पहिलो प्रधानमन्त्रीत्वको कार्यकाल नेपालको इतिहासकै कठिनतम् अवस्था मध्ये एकमा भएको थियो । एकातिर विनासकारी भूकम्पले थिलथिलो बनाएको पिडा थियो भने अर्कातिर छिमेकीले आगोपानी बन्द गराई काकाकुल बनाइरहेको थियो । सो समयमा त्यसतो कठिन परिस्थितीको सामना गरी राष्ट्रिय अस्मिता लुट्नबाट बचाई भूकम्पले चट्याईरहेको घाउमा मलहम लगाउने काममा ओलि सरकारले गरेको राष्ट्रवादी चिन्तन र सो को कार्यान्वयनले सो दर्दनाक अवस्थामा पनि नेपाली जनताको मुहारमा मुस्कान देख्न सकिन्थ्यो ।

यस पटक भने वोधिवृक्षलाई प्रथम कार्यकाल जति चुनौती र अप्ठ्यारो अवस्था छैन । खड्ग ओलिले यस अगाडि रोपेका ‘राष्ट्रवादी’ बालि पाकेको छ । बहुमतिय शासन अंगिकार गरेको हाम्रो जस्तो मुलुकमा बहुमतसम्म असम्भव हुने अड्कल गरिदै आएकोमा ओली नेतृत्वले दुई तिहाई बढी मत ल्याई विश्व सामू आफ्नो पपुलारिटी प्रमाणित गरिसकेको छ । हामी प्रष्ट देख्न सक्छौं की यस पटक दक्षिणको छिमेकसँगको सम्वन्धमा कुनै अमिलोपना छैन । विधिवत रुपमा सरकार प्रमुख हुनु भन्दा पहिलो नै भारतले आफ्नो विदेश विभग प्रमुख नै पठाएर ओलिको यस कार्यकालको अग्रिम शुभकामना व्यक्त गर्नुलाई यो पर्याप्त अनुमान लगाउन सकिन्छ की, अब हाम्रो राष्ट्रिय राजनीतिमा मौषम अनुकुल हुँदैछ र यस मौषममा प्रशस्त फसल लाग्ने सुनिश्चित छ ।

थोरै प्रसङ्ग परिवर्तन गरौं हाल नेपालमा पश्चिाहरुले खेल्न थालेका विषय वस्तुहरु र सो लाई काउण्टर दिन बोधिवृक्षले खेल्नु भएको भूमिका र उनले गरेका प्रतिवद्धताका विषयहरु । पछिल्लो समय प्रधानमन्त्री के.पी. शर्मा ओलिको अभिव्यक्तिले प्रष्ट पार्दछ की, नेकपा एमाले दातृ संस्थाद्वरा सञ्चालित गै.स.स. कर्मीहरुको दल हो भन्ने विपक्षीहरुको यस आरोपलाई भत्काइदिएको छ र यस सम्वन्धमा उत्पन्न भ्रम हटाउन कोशेढुङ्गा सावित भएको छ । निर्वाचन पर्यवेक्षणको वहानामा निर्वाचनको पूर्व सन्ध्यामा नेपाल छिरेको यूरोपियन यूनियनको टोलीले निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रस्तुत गर्ने क्रममा जे, जस्तो विषयको उठान गरियो, त्यसले नेपालको सार्वभौमिकताको अपमान र उपेक्षा मात्र भएको नभई यूरिपियन यूनियनको नियत तथा नेपालमा तिनको निहित इन्ट्रेस्ट र कृयाकलापहरु समेत छरपष्ट भएको छ ।यद्यपी पश्चिमा केही मूलुकहरुको विगत अध्ययन गर्ने हो भने, उनीहरु आफ्नै भावनालाई लज्जित तुल्याउने गरी प्रस्तुत हुने गरेको हामी कैयौं दृष्टान्त भट्टाउन सक्छौं । कुनै पनि राष्ट्रमा उनीहरुको प्रवेश भएपछि सवभन्दा पहिले सम्वद्ध मुलुकको धर्म, भाषा, परम्परा, संस्कृति, सामाजिक सदुभाव र सामाजिक एकतापयि पहिलो प्रहार गर्ने गरेको हामी देख्न सक्छौं । त्यसपछि आर्थिक एवम् राजनीतिक निहित स्वार्थ परिपूर्ति गर्न लागिपर्ने र सोमा गिद्धेदृष्टि लगाउने गरेको देख्न सक्छौं ।

नाइजेरिया, चिन, दक्षिण अफ्रिका, रुवाण्डा, बुरुण्डी, म्यानमार, इराक, अफगानिस्तान, इजिप्ट, भारत, नेपाल लगायत मुलुकको विगत अध्ययन गर्ने हो भने हामी यो निक्र्यौल निकाल्न सक्छौं की, विपन्न तथा अल्प विकसित मुलुकहरुमा विकासको नाममा प्रवेश गरी माथि उल्लेखित सभ्यता माथि कसरी हस्तक्षेपूर्ण व्यवहार देखाइरहेका हुन् भन्ने । यहाँ समग्र युरोपेली वा अन्य पश्चिमाहरुलाई गलत ठम्याउन खेजिएको होइन, नेपाल र नेपाली प्रति धेरै पश्चिमाहरुले माया, प्रेम र सम्मान गर्दछन् तर जसरी यूरिपोयिन यूनियनका नाममा खडा भएको निकायको पछिल्लो भूमिकाले नेपाल प्रति गिद्धेदृष्टि लगाएका प्रष्ट देख्न सक्छौं । इतिहासले सिद्ध गरिरहेको छ की, व्रिटेनहरुको प्रवेश पूर्व नाइजेरिया एक शान्त, प्राकृतिक स्रोतले सम्पन्न कृषि प्रधान देश थियो । जब गोराहरुको त्यहाँ प्रवेश भयो, तब धर्म परिवर्तनको अभियान चालियो । दक्षिण नाइजेरियामा अन्लपसंख्यक आदिवासीहरुलाई धर्म परिवर्तन गराई तिनीहरुलाई उचालेर विद्रोहको लागी प्रोत्साहन गरेर गृहयुद्ध मच्चाइयो ।

व्रिटेनहरु छोडेर जाने बेला सम्ममा नाइजेरियालाई टुक्रा–टुक्रा पारी विभिन्न राज्यका नाममा विभाजित गराइयो । संघियताको अपव्याख्या गरी नाइजेरियामा हाल तीन दर्जन भन्दा बढी राज्यहरु भइसक्दा पनि सो राष्ट्र शान्त र स्थिर हुन सकेको छैन । त्यस्तै अर्को दृष्टान्त, रुवाण्डाका हुटु र टुट्सी समुदायका वीचमा द्धन्द्ध पैदा गराउने काम पनि सोही युरोपेली मुलुकहरुबाटै भएको थियो । अल्पसंख्यक समुदायको महत्वकांक्षा बढाइदिने, उनीहरुलाई बहूसंख्यक विरुद्धमा उचाल्ने, विपन्न तथा आर्थिक स्तर कम भएका समुदाय भित्र छिरी धर्म, संस्कृति परिवर्तन गराउने र अन्त्यमा बन्दुक भिराउने र युद्ध मच्चाई सो कठिन परिस्थितीको फाइदा उठाउने र धमिलो पानीमा माछा मार्ने बानी परेका पश्चिमाहरुले धेरै राष्ट्रहरु बरुण्डी, सूडान, इथियोपिया तथा श्रीलङ्कामा समेत छिरी आफ्नो अभिष्ट पूरा गरिरहेको÷गर्न लागेको हामी देख्न सक्छौं ।

अर्को दृष्टान्त श्रीलंकाको उल्लेख गर्दा हामी यो छनक देख्न पाउन सक्छौं की, जतिबेला श्रीलंकामा गृहयुद्ध चलिरहेको थियो, त्यसताका त्यहाँ भारतको हात रहेको अनुमान गरिन्थ्यो । त्यहाँ भारतीय मूलका तमिलहरुले अलग्गै राज्य मागेर शुरु भएको गृहयुद्धमा उनीहरुलाई भारतको साथ, सहयोग नरहेको भएता पनि त्यसलाई स्वीकारिएन तर जब महिन्दा राजापाक्षले तामिल विद्रोहका पछाडि यूरोपिन मुलुकहरुको संलग्न भएको प्रमाण भेटे, त्यस पश्चात् उनले यो बुझे की, घरमा आगो लगाउन मटितेल र सलाई त बाहिर बाटै आइरहेको र अल्पसंख्यक तामिललाई गोराहरुले पो बोकिरहेका रहेछन् भन्ने । तब उनले समस्या समाधानको बाटो नै परिवर्तन गरी फरक ढंगले प्रस्तुत भई समस्या समाधान गर्न सफल भए । जस वखत महिन्दा राजापाक्षको हिम्मत र शाहस मान्नै पर्ने थियो । किनकी उनले तत्समय नर्वेका वरिष्ट मन्त्रीलाई समेत आफ्नो मुलुक प्रवेशमा रोक लगाइदिए । अन्ततः राजापाक्षे सफल भए र अस्तित्व नै हराउन लागकेो पूर्वको मोती श्रीलंका असफल हुनबाट जोगियो र महिन्दा राजापाक्षे श्रीलंकामा पूजनिय हुन पुगे भने विश्व राजनीतिमा उनको चतुर राजनीतिको वहस हुन थाल्यो ।

त्यस्तै अर्को दृष्टान्त अफगानिस्तानको जहाँ पश्चिमाहरुले नै वहुसंख्य पस्तुनसमुदाय विरुद्ध अल्पसंख्यक जातिहरुलाई उचालेर अशान्ति र अस्थिरता मच्चाउने काममा सहयोग गरेको, भारतमा नागार मिजोहरुलाई धर्म परिवर्तन गराई बन्दुक थमाएर अलग्गै राष्ट्र माग गराई विद्रोहमा उतार्ने काम गरेको, खालिस्नान नामको बेग्लै देश बनाउन भएको हिंसात्मक संघर्षमा क्यानडा लगायतका पश्चिमाहरुको साथ सहयोग भएको दृष्टान्त भारतले भूलेको छैन ।त्यस्तै उत्तरी छिमेकी चिनमा पनि उइगुर र तिव्वती समुदायलाई चिन विरुद्ध भड्काएर अशान्ति पैदा गर्ने काम वर्षेो पहिला देखि हुँदै आएको देख्न सक्छौं । पश्चिमा मुलुकहरुको मुख्य अभिष्ट भनेको जातियता, धर्मनिरपेक्षता, क्षेत्रीयतावाद र अस्थिरता हो । वर्तमान नेपालको संविधानमा उल्लेख भएको भाग १ धारा (४) मा उल्लेख धर्मनिरपेक्षता को सवालमा खुसी भएता पनि खस–आर्य समेतलाई आरक्षण दिने व्यवस्था प्रति उनीहरु खुसी नभएको र सो सच्याउनका लागि लिखत प्रतिवेदन पेश गर्नुको अर्थ सार्वभौम सम्पन्न मुलुक माथिको नाङ्गो हस्तक्षेप मान्न सकिन्छ । जुन कुराको प्रतिवादमा वोधिवृक्षले सवै कुटनीतिज्ञहरुलाई एक ठाउँमा बोलाएर विकासको लागि आएका हौं भने विकास गर अन्यथा हामीलाई हेप्ने दुष्शाहस नगर भनेर झपारिदिए सो लाई माथि उल्लेखित राजापाक्षेको शाहस झै चर्चा गरिएको पाइन्छ ।

प्रसङ्ग परिवर्तन गरौं, आशन्न भारत भ्रमणको । भारत भ्रमणमा जान लागेको के.पी. कमरेड पक्कै पनि यस भ्रमणलाई मुलुकको शिर उच्च राखेर आउनेछन् किनकी भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गरिसकेको छ । यस भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वारम्वारको आमन्त्रण, विशेष दुतको आगमन र पटक–पटकको आग्रहबाट यो अनुमान सजिलै लगाउन सकिन्छ की नेपालका प्रधानमन्त्रीको छवि दक्षिण एसियामा मात्र नभई एसियामै उजिलिँदो भएको र शक्तिशाली प्रधानमन्त्रीसँग सवै नजिक रही आफ्ना अभिष्ट पूरा गर्न लाग्दछन् । वोधिवृक्षले यस पटकको भारत भ्रमणलाई पनि विशेष महत्व दिई सो बाट दीर्घकालिन सम्वन्ध सुमधुर बनाउने र देश जनताको हितमा सो भ्रमणको उद्देश्य बनाई आफ्नो राष्ट्रिय स्वार्थ सिद्ध गर्ने कुरामा समर्पित हुनेछन् ।नेपाल–भारत वीचको सन् १९५० को असमान सन्धि पुनरावलोकन, व्यापार सम्झौता, हुलाकी सडकको प्रभावकारी कार्यान्वयन, रेलमार्ग निर्माण, विभिन्न महत्वपूर्ण सन्धी सम्झोताको प्रभावकारी शुरुवात, भुकम्प प्रभावितहरुलाई गरिने भनी प्रतिवद्धता गरेका रकमको निकाशा एवम् समुन्द्रीको साझेदारीतालाई प्रमुख प्राथमिकतामा राखी ‘‘बढेभाई र छोटे भाई’’ को मेन्टालिटी हटाएर आउनेछन् किनकी भारतलाई यो थाहा छ की, हालका नेपालका प्रधानमन्त्री पहिला–पहिलाका जस्ता प्रभुभक्त र कमजोर मानसिकताका होइनन् भन्ने ।

अन्त्यमा, भारत तथा पश्चिमा मुलुकहरुले अब यो कुरा स्पष्ट बुझ्दा हुन्छ की, नेपाललाई सहयोग तथा समर्थनको नाममा बनाउन खोजेको कृडास्थल अब हामीलाई मान्य हुने छैन । छिना मसिना आशा र लिटो पिठोमा नेपाल रुमलिनेवाला छैन । किनकी हामी एक विशाल वोधिवृक्षको छहारीमा ओत लागेका छौं र सानातिना हावाहुरीले अब कुनै लछारपाटो लगाउन सक्दैन । नेपाली जनताहरुको आस्था जोगाउन वोधिवृक्षले यस अघि गरेका नजिरहरुबाट पनि यो मूल्यांकन गर्न सकिन्छ की यो छहारीमा कोही पनि अलपत्र पर्ने छैनन । किनकी वोधिवृक्ष एक अलौकिक, अद्धितीय वृक्ष हो । अबको ५ वर्षे यस छहारीले सारा नेपालीहरुको तड्पिएको तनमनलाई अवश्य शितलता दिनेछ । यो लेखकको निजी बिचार हो । कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ ।

२०७४ चैत १८ गते प्रकाशित

About The Author

Loading...