Today: December 19, 2018

शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै

१६ मंसिर, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहेको छ । यता, हिलायलन शेर्पाको पनि १० अंक नै रहेको छ । आजको खेलमा दवै टिम जितको खोजीमा हुने छन् ।

त्यस्तै, आजै ११ बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा नै फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको ११ औं स्थानमा मछिन्द्र रहँदा १३ औं स्थानमा फ्रेन्ड्स क्लब रहेको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज २ बजेर ३० मिनेटमा ब्रिगेड ब्वाइज क्लबले जवलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a comment


Loading...

ताजा अपडेट