Fri. Mar 29th, 2024

दार्खामा खानेपानी उपभोत्ता समितिलाई तालिम


२ असोज,  धादिङ –

धादिङको खनियाबास गाउँपालिका वडा नं ४ दार्खामा खानेपानी उपभोत्ता समितिका लागि तालिम प्रदान गरिएको छ ।

भदौ २९ गते बाट सञ्चालित तालिममा ७ वटा खानेपानी उपभोत्ता समितिका २३ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अक्सफाम र फोकस नेपालको साझदारीमा नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तगर्त सञ्चालित तालिममा खानेपानी मुहान दर्ता, खानेपानी सुरक्षा योजना , पानी महसुल दर, उपभोत्ता समितीको काम, कतव्र्य र अधिकार, प्रदुसण र त्यसको निराकरणको उपायका वारेमा सहभागीहरुलाई जानकारी गराइएको फोकस नेपालका सुनील इटनीले जानकारी दिए ।

 

२०७४ असोज २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: