Fri. Mar 29th, 2024

उत्तरी धादिङमा लाग्ने त्रिपुरासुन्दरी माईको मेला मंसिर ६ र ७ गते

२८ कात्तिक, धादिङ –

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा मंसिर ६ र ७ गते हुने भएको छ । जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मललाई न्वागी जात्राको नाममा समेत चिनिन्छ ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौँ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।

प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ ओटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ ।

२०७४ कात्तिक २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: