Fri. Apr 26th, 2024

चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्कीदा ३ को मृत्यु, ७ जना घाइते

१ असार, चितवन

पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।

चितवन प्रहरीका अनुसार, ३ जनाको दुर्घटनामा मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ । ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

२०७५ असार १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: