Fri. Mar 29th, 2024

ट्रक दुर्घटनामा एकको मृत्यु , दुई घाईते

 

१० फागुन, चितवन

मुग्लिन–नारायणगढ खण्ड अन्तरगत भरतपुर महानरगपालिका–२९ घुमाउनेमा बिहीबार बिहान भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् ।

सुनौलीबाट काठमाडौं तर्फ आउदै गरेको बिआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक बिहीबार बिहान ४ बजेतिर अनियन्त्रित भई खस्दा रुपन्देहीको बेलहिया नगरपालिकाका ५० वर्षीय बिक्रम चन्दनको मृत्यु भएको हो।

ओभरटेक गर्न खोज्दा ट्रक अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको मुग्लिन प्रहरीले जनाएको छ। घाइतेहरुको नाम खुलेको छैन। उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ।

२०७४ फागुन १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: