Fri. Apr 26th, 2024

धादिङमा बाजागाजा सहित मनोनयन दर्ता (भिडियो सहित)


५ कात्तिक,  धादिङ –

धादिङमा मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाजागाजा सहित आइतबार मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट भूमि त्रिपाठी, नेपाली काँग्रेसका तर्फबाट विश्व अर्याल र नयाँ शक्ति पार्टीबाट राजु नेपालले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क मा नेकपा एमालेका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, नेपाली काँग्रेसबाट मधुकुमार श्रेष्ठ र नयाँ शक्ति पार्टीबाट नकुल थापा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ख मा नेपाली काँग्रेसका तर्फबाट प्रभातकिरण सुवेदी, माओवादी केन्द्रका तर्फबाट शालिकग्राम जमरकट्टेल र नयाँ शक्तिबाट सन्तोष बराकोटीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट खेम लोहनी, नेपाली काँग्रेसका तर्फबाट दिलमान पाख्रिन र नयाँ शक्ति पार्टीबाट राजेन्द्र केशी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क मा नेकपा एमालेका तर्फबाट डा. रामकुमार अधिकारी, नेपाली काँग्रेसका तर्फबाट रमेश धमला, र नयाँ शक्ति पार्टीबाट नन्द काप्री, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा ख माओवादी केन्द्रबाट जगत सिंम्खडा, राप्रपाबाट डम्बरबहादुर तामाङ र नयाँ शक्ति पार्टीबाट विष्णु सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

धादिङमा बामगठबन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्र, लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नयाँ शक्ति बार्टी र केही साना दलहरुबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन जाँदा संयुक्त रुपमा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन गएका थिए ।

भिडियो हेर्नुहोस्

 

२०७४ कात्तिक ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: