Today: September 26, 2018

१६ महिनामै बिजुली बाल्ने त्रिशुली थ्रीएको तयारी

४ माघ, काठमाडौँ

माथिल्लो त्रिशुली थ्रीए जलविद्युत आयोजनाले आगामी १६ महिनाभित्रै बिजुली बाल्ने तयारी गरेको छ ।

आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाले अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

आयोजना निर्माणको काम सन्तोषजनक रुपमा अघि बढे पनि यसको प्रसारण लाइन निर्माण भने अझै पनि अन्योलमा छ । विभिन्न स्थानमा स्थानीयहरुको बिरोध देखिएको छ ।

विनासकारी भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको थियो। सुरुमा सरकारले चिनियाँ कम्पनीलाई ३५ महिनामा काम सक्नेगरी १८ जेठ ०६८ मा यो आयोजनाको निर्माणको जिम्मा दिएको थियो ।

२०७४ माघ ४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट