Fri. Mar 29th, 2024

पुननिर्माणमा भएको ढिलाईप्रति उपराष्ट्रपतिको चिन्ता

nandakisor pun

१६ चैत,  धादिङ –

 

 

विनाशकारी भुकम्प पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणका कामहरुमा गरिरहेको ढिलाइ प्रति उपराष्ट्रप्रति नन्द बहादुर पुनले चिन्ता ब्यक्त गरेका छन् ।

विनाशकारी  भुकम्प गएको २ वर्ष भइसक्दा पनि घरगोठ नै गुमाएका भुकम्प पिडितहरुले अहिलेसम्म घर बनाउन नपाएको बताउदै पुनः निर्माणको काम प्रभावकारी ढङगबाट संचालन हुन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

धादिङको ज्वालामुखी गाउँपालिकाको ढोलामा निर्माण गरिएको एकिकृत बस्तीको उद्घाटन गर्न धादिङ आएका बेला उपराष्ट्रप्रति पुनले स्थानियहरुको घर र राष्ट्रिय सम्पदाहरु छिटो भन्दा छिटो पुननिर्माण गरिसक्नुपर्नेमा जोड दिए ।

पुनले भने, ‘पुननिर्माणमा खटिएका संघसस्था र पुननिर्माण प्राधिकरणले पुरानो कार्यशैली त्यागेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ । पुननिर्माणमा देखिएका जटिलता सरल बनाएर बैज्ञानिक ढंगबाट जतिसक्दो छिटो काम अघि बढाउनु पर्छ ।’

धादिङको ढोलामा लापा स्वास्थ्य सेवा विन्दुको पहलमा विभिन्न दातृ निकायहरुबाट निर्माण गरिएको ५५ वटा घरहरुको लालपुर्जा र घरको साँचो हस्तान्तरण गर्दै उनले भने, ‘धादिङको ढोलामा जस्तै सरकार र एनजिओ दुबै मिलेर पुननिर्माणका काम अघि बढाए भुकम्पपीडितले चाँडै कष्टपूर्ण जिवनबाट मुक्ति पाउछन ।’

ढोलामा निर्माण गरिएको एकिकृत बस्तीमा उत्तरी धादिङको रुविभ्याली गाउँपालिका अन्तरगत लापाको कपुरगाउँबाट भुकम्प पछि विस्थापित भएका ५५ घरधुरीले लालपुर्जा सहित घर पाएका छन । उक्त एकिकृत बस्ती निर्माणमा विभिन्न दातृ निकाय र बौद्ध गुम्वाहरुको सहयोग गरेका थिए । २० करोडभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको उक्त बस्ती निर्माण गर्नको लागि विस्थापितहरुले नै २२ महिनासम्म नगद ५ करोड बराबरको श्रमदान गरेका थिए ।

एकिकृत बस्तीको उद्घाटन गर्नको लागि मंगलबार नै आएर धादिङको घाटवेशीमा रहेको रिसोर्टमा बसेका उपराष्ट्रपति पुन आज विहान लगातार परेको पानीको कारण ढोलामा जान नसकेपछि आयोजकले रिसोर्टमै एक कार्यक्रमको आयोजना गरि लालपुर्जा हस्तान्तरण गरेको थियो ।

लालपुर्जा हस्तान्तरण समारोहलाइ सम्वोधन गर्दै उपराष्टपति पुनले नमूना वस्ती निर्माणमा सहयोग गर्ने नेपाली तथा विदेशी सबैलाई धन्यवाद दिए । उनले भने ‘यो सहयोग एउटा गाउँको लागि मात्रै होइन नेपाल सरकारलाई समेत यसले ठूलो सहयोग पु¥याएको छ ।’

शोकलाई शक्तिमा बदलेर अब जिविकोपार्जनको काममा लाग्न घर पाएका पीडितहरुलाई पुनले आग्रह गरे ।

२०७३ चैत १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: