Today: May 24, 2018

विद्यार्थीका अभिभावक बने जिसस धादिङका प्रमुख (भिडियो )


९ बैशाख, धादिङ –

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल विद्यार्थीका अभिभावक बनेका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं ५ मा रहेको डोल भन्ज्याङ माविमा कक्षा ६ मा सन्जिव विकलाई भर्ना गराई अभिभावकत्व ग्रहण गरेका हुन् ।

विद्यालय भर्ना अभियान अन्र्तगत शनिबार विद्यालयमा नै गएर भर्ना गराएका हुन् । अभियानकै शिलशिलामा धादिङका जिल्ला शिक्षा अधिकारी माधव शर्माले कक्षा ४ मा अध्ययनरत सुस्मिता चेपाङ, कलाकार शिवहरी पौडेलले कक्षा ६ का विनिता घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीले कक्षा १ का सुस्मिता चेपाङको अभिभावक बनेर विद्यालयमा भर्ना गराइदिएका छन् ।

विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, किताब तथा स्टेशनरी सामग्रीको समेत व्यवस्था मिलाइदिएका छन् । विद्यार्थी भर्नापछि बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले गम्भीरढंगबाट दिनुपर्ने जोड दिएका छन् ।

विद्यालय भर्ना अभियान अन्र्तगत गजुरी ५ मा रहेको गजुरी पीडा माविमा पनि विद्यार्थीहरुलाई छात्रवृति तथा पाठ्यपुस्तक वितरण गरिएको छ ।
भिडियो हेर्नुहोस

२०७५ बैशाख ९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट