Today: September 26, 2018

नेपाल भर्सेस हङकङः जिते ओडीआई स्टाटसको सम्भावना, हारे रेलिगेसनको खतरा

२७ फागुन, काठमाडौं

विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि हङकङसँग खेल्दैछ ।

हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ ।
विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ ।

यदि नेपालले भोलि हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । नेपाल आफैं सुपर सिक्समा पुग्न चमत्कारिक खेल देखाउनुपर्छ ।

२०७४ फागुन २७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट