Fri. Mar 29th, 2024

छाउप्रथा हटाउन शिक्षित नै तगारो

 

८ साउन, काठमाडौं ।

छाउपडी प्रथा उन्मूलनमा शिक्षित ‘नयाँ पुस्ता’ नै मुख्य तगारो बनेको छ। गाउँका शिक्षित व्यक्तिले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन्। पढे–लेखेका र जागिरे महिला महिनावारी हुँदा आफैं छाउगोठमा सुत्दै आएका छन्। । शिक्षित भनिएका व्यक्ति र ‘नयाँ पुस्ता’ ले नै छाउ बार्ने कुसंस्कारलाई अँगाल्न थालेपछि छाउपडी उन्मूलनमा झन चुनौती थपिएको छ ।

प्रदेश नम्बर ६ र ७ का जिल्लामा छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले विभिन्न चेतनामूलक अभियान सञ्चालन हुँदै आएका छन्। तर, छाउपडी प्रथा गलत हो भन्ने बुझेको शिक्षित पुस्ताले नै प्रतिवाद गर्नुको साटो यो प्रथालाई अँगाल्न थालेको छ।

गाउँका अगुवा, जागिरे महिला र पढे–लेखेका व्यक्तिले नै छाउ बार्न नछाडेपछि यो कुसंस्कार विस्तारै नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको छ।
अन्नपूर्ण पोस्ट दैनिकबाट ।
२०७४ साउन ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: