Today: October 24, 2017

कविता : विदेशिएका युवा

अस्मिता खतिवडा –

 

खेल्दैथ्यौ बल्छी ती हिजो सम्म
आज छन् बिदेश ।
दबाइ आँशु त्यो आँखा भित्र
वाध्य र विवश ।।
नसीकाइन् आमा न थियो शिक्षा
घोटाउने यी हात ।
चर्केको घाम थर्केको मुटु
थाम्दै छन यी आज ।।
गुमायो सारा त्यो हाम्रो देश
श्रम र पसिना ।
पत्थरका मुटु फोरेर युवा
सफल छन् हसाउन ।।
थर्थरी कमाइ ती टेक्ने गोडा
धस्दैछन पौरख ।
तिखार युवा श्रमको हात
फोर्नलाई औरख ।।
जन्मियौ युवा पवित्र भुमि
नेपालको माटोमा ।
टुहुरो बनी लाग्दैछौ बिदेश
श्रमको खाँचोमा ।।
उर्बरा भुमि पौरखी हात
चुहाउने पसिना ।
रित्यायो आज देशले युवा
राजनीतिक खेलमा ।।
विरको गाथा त्यो तातो रगत
नकुल्च युवाले ।
अध्यारो रातमा उज्यालो दियो
बाल्नेछ त्यसले ।।
जाग न जाग हे युवा शक्ती
नबनी उदाशी ।
लागेको बादल किनारा पार्ने
तिमी हौ साहसी ।।
ती झुम्रा टाला धोएर पनी
जाँदैन त्यो कालो ।
श्रमको दियो तिमी हौ युवा
गराउने उज्यालो ।।
नदेख तिमी कमलको फुल
सागरमा फुलेको ।
हरियो बोट डाँडा र काँडा
आफ्नै छन् झुलेको ।।
रुँदैछिन आज उजाड वनी
प्रकृती बसन्ती ।
पौरखी हात खियाए माटो
फल्नेछ असर्फी ।।
शहर ठुलो आँखाको रमझम
गाउँ बेशी घमाइलो ।
झुल्केको घाम पिडी र आगन
पारीलो रमाइलो ।।

( अन्तराष्ट्रिय युवा दिवसको अवसरमा )

 

२०७४ साउन २८ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट