Tue. Jul 16th, 2024

बञ्चरेडाँडामा फोहोर लान नदिने स्थानीयको घोषणा

काठमाडौं – बञ्चरेडाँडाका स्थानीयबासीले आउँदो असोज एक गते देखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो ।

राजधानीमा पत्रकार सम्मेलनमा फोहोर मैलाका कारण स्थानीय बासिहरुमा नकरात्मक असर परको छ । तर सरोकारवालाले यस समस्यको बारेमा गहिरीएर नसोच्दा
फोहोर मैला लैजान प्रतिबन्ध लगाउने निर्णय सरोकार समितिले गरेको हो ।

सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ काठमाडौँ महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरूको आरोप छ ।

सरकारले ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधिकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोर मैला, विषाधिजन्य फोहोर मैला, औद्योगिकजन्य फोहोर मैला प्रतिबन्ध नगरेको उनीहरूको आरोप छ ।