Thu. Sep 19th, 2019

भुकम्पको धक्का धादिङमा पनि

१० मंसिर, धादिङ  मध्य नेपालमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।

Gorkha_Earthquaje_368907356
मंगलबार साँझ ९ बजेर ३३ मिनेटमा गोरखाको उत्तरी केरौजा गाविसमा केन्द्रबिन्दू भएको ४ दशमलब ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिभूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र नुवकोट जिल्लाहरुमा महसुस भएको हो । धादिङमा भुकम्पको धक्का महसुस भएपनि कुनै पनि मानविय तथा भौतिक क्षति नभएको धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो ।  भुकम्पको धक्का महसुस हुँदा धादिङका ग्रामीण बस्तीमा भन्दा सहरी क्षेत्रमा नागरिकहरु ससङकीत भएका थिए ।

Loading...

अन्य समाचारहरु: