Tue. May 21st, 2024

दोस्रो दिन पनि अनुगमन जारी

११ मंसिर, धादिङ धादिङबेसीमा सञ्चालनमा रहेको मासु पसलको बिहीबार पनि अनुगमन गरिएको छ ।
DSC00095

मासु पसलमा सुधार ल्याउन  र गुणस्तरीय मासु विक्रि गराउने  उद्देश्यले धादिङबेसीका बजारमा रहेका मासु पसलहरुको अभियानकै रुपमा अनुगमन गरिएको छ । बुधबार ११ वटा मासु पसलको अनगुमन गरिएको थियो भने बिहीबार ७ वटा मासु पसलको अनुगमन गरिएको छ ।

धादिङबेसीमा सञ्चालनमा रहेको मासु पसलेले न्युनतम मापदण्ड समेत पालन नगरी मनोमानी ढङगले व्यावसाय सञ्चालन गरिरहेको भेटिएको छ । जिल्ला पशुसेवा कार्यलयको पशु प्रसार कार्यक्रम अन्र्तगत नियमन अनुगमनको क्रममा बिहीवार धादिङबेसीमा सञ्चालनमा रहेको मासु पसलमा  यस्तो पाईएको हो ।

 

DSC00098

मासु पसल दर्ता विना नै सञ्चालनमा रहेको, अन्य पसल पनि सँगै सञ्चालनमा रहेको र खुल्ला स्थानबाट मासु विक्री गर्ने गरेको पाईएको हो । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, पशुसेवा कार्यलका प्रमुख देवेन्द्र भगवत, जिल्ला पशुसेवा कार्यलयका पशु चिकित्सक डा. शिखा तिवारी लगायतको सहभागिता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: