८ पुुस, धादिङ – भोलिदेखि धादिङको बेनिघाट १ मलेखुमा हुने राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । आज मेलास्थलमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारीको बारेमा जानकारी दिएको हो ।
मेलालाई भोलि दिउँसो १ बजे प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने नाराको साथमा मेलाको आयोजना गरिएको हो । नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला कार्य समिति धादिङको आयोजनामा संचालन हुने मेलामा १० करोडको कारोबार हुने लक्ष्य राखिएको छ । त्यस्तै २ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने संस्थाका महासचिव शालिकराम दुवाडीले जानकारी दिए ।
जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यका साथ मेलाको आयोजना गरिएकोे संस्थाका अध्यक्ष लोकनाथ डल्लाकोटीको भनाई छ । धादिङ मलेखुको अनौपचारिक प्रकारले ब्राण्डनै बनेको माछा ब्यावसायलाई बिश्वसनीय बनाउदै माछा उत्पादनका क्षेत्र प्रति बढ्दो आकर्षण र लगानीलाई प्रोत्साहित गरी जिल्लालाई आत्मनिर्भर बनाउन र माछा उत्पादनको मूख्य क्षेत्रका रुपमा परिचित गराउन मेलाले टेवा पुग्ने विश्वास लिइएको छ । मेलामा कृषि, जडिबुटी, बालउद्यन, पूरातात्विक बस्तुहरु सहितको २०० वटा स्टलहरु रहनेछन् ।