धादिङ – बर्साैदेखि मर्मत हुन नसकेको मरनघाट जाने मुलबाटो मर्मत भएपछि धादिङ वेनिघाट गाविस वडा नम्बर ३ का स्थानीय खुसी भएका छन् ।
कतै पहिरिएर त कतै जंगलमा झाडी भएर आवत जावत गर्न कठिन भइरहेको डुम्रे भञ्ज्याङ हुँदै मरनघाट सम्म करित ५ किलोमिटर लामो मुलबाटो स्थानीयहरुले तीन दिन लगाएर मर्मत गरेका छन् ।
अक्सफामसंगको साझेदारीमा प्रयास नेपालले काम गरे बापत दैनिक ज्याला उपलब्ध गराउने भएपछि स्थानीयहरु आफैले बाटो मर्मत गरेका हुन् ।
डुम्रे भञ्ज्याङबाट मरनघाट सम्मको मुर्दा लैजाने छोटो बाटो राम्रो नहुदा त्यस क्षेत्रका मानिसरुले धेरै कष्ट खेप्दै आएका थिए । बाटो गतिलो नभएकाले कहिले गाडिमा त कहिले दुखका साथ त्यहिबाटो भएर हिड्न बाध्य थिए ।
वेनिघाट गाविस वडा नम्बर ३ का वडा संयोजक लिलानारायण श्रेष्ठले भने, ‘बाटो राम्रो नहुँदा हिन्दु परम्परा अनुसार अन्य चिजवस्तुले छोइने त्रासले दाहसंकारका लागि लैजाँदा सडक मार्ग हुँदै गाडीमा लैजान बाध्य थिए । बल्ल राम्रो भयो । गाउँका बुढापाकाहरु समेत खुसी भएका छन् ।’
करिब पचास साठि जना मानिसहरुले तिन दिन लगाएर बनाउनु भएको बाटो अहिले सहजै चार जना हिड्न मिल्ने बनेको छ । बाटो मर्मत भएपनि दैनिक स्कुल हिड्ने विद्यार्थीहरु लाइ समेत सजिलो भएको स्थानीयहरु बताउँछन् ।