Sun. Oct 13th, 2024

भूकम्पपछिको जोखिम न्युनिकरण सम्वन्धी अभिमुखीकरण

dijestar progrm१२ पुस,  धादिङ – गत बैशाख १२ गतेको विनासकारी भूकम्प पछिको सन्र्दभमा विपत जोखिम न्युनिकरण सम्वन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम धादिङबेशीमा सम्पन्न भएको छ ।

जिल्ला विकास समितिको कार्यलय धादिङ, एहिमे विश्वविद्यालय जापान र हिमालय कन्जरभेसनको संयुक्त आयोजनामा विपत जोखिम न्युनिकरण सम्वन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम धादिङ सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुलाई नेपालको प्राकृतिक तथा भौगोलिक अवस्था र नेपालमा विगत देखि अहिले सम्म भईसहेको प्राकृतिक विपत्तीको विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा बोल्नुहुदै सांसद गंगालाल तुलाधरले हाम्रो देशमा भुकम्पले निकै क्षेति पु¥याएको अबस्थामा अव बन्ने संरचनाहरु प्राकृतिक विपत्तिले असर नगर्ने किसिमले बनाउनु पर्ने बताएका थिए ।

त्यसको लागि अव आधुनिक र वैज्ञानीक तरिकाबाट पुन निमार्णको कार्य गर्न आवश्यक रहेको बताउनु भएको छ । उनले अव राजनितिक कर्मीहरुले देशको बिकासमा जोड दिदै विकास र प्रविधिको कुरा गर्नुपर्ने बेला आएको समेत बताए । हाम्रो देश भुकम्पको मात्र नभई बाढी पहिरो लगायत अन्य विपदको पनि निकै जोखिममा रहेकाले यस्ता जोखिमहरुबाट पर्ने क्षतिलाई न्यनिकरण गर्नको लागि मानिसहरुमा जनचेतना जगाउनको लागि कार्यक्रम गरिएको अयोजकले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: