पुस १५ – अमेरिका नेतृृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको हवाई आक्रमणको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका १० जना कमाण्डर मारिएका छन् । ग
एको एक महिनाको अवधिमा भएका हवाई आक्रमणको क्रममा फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणका योजनाकारसहित १० आइएस कमाण्डर मारिएको अमेरिकी सेनाका प्रवक्ताले बताएका छन् । हवाई आक्रमणको क्रममा पेरिस आक्रमणको योजनामा संलग्न शराफ अल मुदान मारिएको अमेरिकी सेनाका प्रवक्ता कर्नेल स्टिव वारेनले जानकारी दिनुभयो । मुदान र पेरिस आक्रमणमा संलग्न अब्देलहमिद अबाउदबिच सम्पर्क रहेको वारेनले बताउनुभयो । मुदान २४ डिसेम्बरमा भएको आक्रमणको क्रममा मारिएको अमेरिकी सेनाले जनाएको छ । यस्तै १० डिसेम्बरमा भएको हवाई आक्रमणको क्रममा बेलायतमा अध्ययन गरेका बंगलादेशी कम्प्युटर इन्जिनियरको ज्यान गएको थियो । उनी आइएसका लागि काम गर्दै आएका थिए । नोभेम्बर १३ मा पेरिसमा भएको आक्रमणमा परि एक सय ३० जनाको ज्यान गएको थियो ।