Tue. Oct 8th, 2024

धादिङमा स्वास्थ्यकर्मी अभावले सेवामा समस्या

swasthya-karmi२५ पुस, धादिङ – जिल्लामा रहेको ग्रामीणस्तरका स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा परिणत भएपछि आवश्यक जनशक्ति जिल्लामा उपलब्ध नहुँदा उपचार सेवामा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताउनुभयो ।

ग्रामीण तहमा रहेका स्वास्थ्य चौकीमा कार्य गर्ने हेल्थ असिस्टेन्ट २५ जना, अहेब ६२ जना, अनमी ६१ जना अभाव रहेको प्रमुख मल्लको भनाइ छ ।

भूकम्पले क्षतविक्षत भएको जिल्लाको ३३ स्वास्थ्य चौकी निर्माण नभएकाले टेन्टबाट सेवा दिइरहेको अवस्थामा गाउँमा स्वास्थ्यकर्मी नभएका कारण धुवाकोट गाविसलगायतका गाविसमा गत महिना खोप सेवासमेत प्रभावित भएको थियो ।

स्वास्थ्यका कर्मचारीको अभावसँगै जिल्लामा हुने तालिम गोष्ठीले समेत स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । रासस

About The Author

अन्य समाचारहरु: