२९ पुस, धादिङ – जिल्ला शिक्षा कार्यलय धादिङलाई सुचना व्यवस्थापन सहयोगी सामग्री प्रदान गरिएको छ ।
बुधबार कार्यलयमा एक कार्यक्रमको आयोजना गरी धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकाललाई फोकस नेपाल धादिङका अध्यक्ष हेमराज छत्कुलीले हस्तान्तरण गरेका हुन् । सुचना छिटो, छरितो प्रदान गर्नका लागि कम्प्यूटर, दराज, प्रिन्टर, पेनड्राइभ, किताब लगायतका सामान हस्तान्तरण गरिएको हो ।
फोकस नेपाल धादिङ र सेफ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित आकस्मिक राहत एवम् उद्दार परियोजना अन्र्तगत सामान प्रदान गरिएको हो ।
शिक्षा कार्यलयबाट प्रदान गरिने सेवा तथा सुचना व्यवस्थापनमा सहज बनाउनका लागि सामान हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ ।