३० पुस, धादिङ – पशुपन्छि विकास मन्त्रि शान्ता मानवीले किसानी जगतलाई माथि नउठाए आर्थिक उन्नति नहुने बताएका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको दोस्रो राष्ट्रिय परिषद् उद्घाटन गर्दै मानवीले सरकारले कृषि क्षेत्रमा विशेष जोड दिएर कार्ययोजना तयार पार्नुपर्ने बताए ।
तात्कालिन अवस्थामा के के खाद्यन्नको आवश्यकता छ त्यसको मूल्याङकन गरिनुपर्ने बताए । देशमा आर्थिक उन्नति ल्याउनका लागि एक ढिक्का भएर जानुपर्ने पनि बताए । संविधानको कार्यन्वयनमा किसानहरुका मुद्दालाई समेटेर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
कृषि क्षेत्रमा लागेका किसानहरुलाई तत्काल परिचयपत्र उपलब्ध गराउने, विनाशकारी भूकम्पले कृषि क्षेत्रमा पारेको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने समेत बताएका छन् ।