धादिङ – माघे संक्रान्तीको अवसर पारेर यस वर्ष धादिङको खाल्टे, ढोला लगायत विभिन्न स्थानमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । यस वर्ष खाल्टे गाविसमा १० हल गोरु जुधाइएको छ ।
चमेरे गुफा संरक्षण समाजको आयोजनामा भएको गोरु जुधाई प्रतियोगितामा राजु मगरको गोरु विजयी भएको छ । प्रतियोगितामा विजयी र सहभागि गोरुका धनिहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । विजयी गोरुको धनीलाई १३ सय र सहभागी गोरुका धनीलाई ७ सय र बराबरीमा टुङगीने गोरुका धनीहरुलार्ई १ हजार नगद सहित पुरस्कृत गरिएको आयोजक समितीका विष्णु प्रसाद ढुङ्गानाले जानकारी दिए । त्यस्तै ढोला गासिवसमा पनिे गोरु जुधाई प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा ७ हल गोरु जुधाईएको थियो ।
स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका साथै परम्परा जोगाउँदै रमाइलोका लागि गोरु जुधाउने गरिएको आयोजकहरुले बताएका छन् । हरेक वर्षझै यस वर्ष पनि नुवाकोटमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाइएको छ । यस वर्ष नुवाकोटमा जम्मा २६ हल गोरु जुधाइएको छ । तारुका ५ चन्दनीमा १४ हल, वेत्रावतीमा ८ हल, पञ्चकन्या गाविसको घलेभञ्ज्याङमा ४ हल गोरु जुधाइएको हो । परम्परागत गोरुजुधाई हेर्न जिल्लाहरु रसुवा, धादिङ, गोर्खा, काठमाण्डौं लगायत देशका बिभिन्न भागबाट दर्शकहरुको ओइरो लागेको थियो । सबै स्थानमा भएको प्रतिस्पर्धामा बिजयी तथा सहभागी गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।