२ माघ, धादिङ – भुकम्पीय आवास पुर्ननिर्माण कार्यक्रम जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङको उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका बीच संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले उद्घाटन गरेका हुन् ।
बैशाख १२ मा गैहाल्यो भुइचालो, सुरक्षित पुर्ननर्मिँणमा जुट्ने हाम्रो पालो भन्ने नाराका साथ भूकम्प दिवसको अवसरमा महाअभियान इकाइको सुरुवात गरिएको हो ।
इकाइको उद्घाटन गर्दै उनले भूकम्प प्रभावित प्रत्येक गाविसमा इन्जिनियर, सब इनिजनियर, एक जना सामाजिक परिचालक जनशक्ति खटाएर पुर्ननिर्माण महाअभियान संचालन गर्न लागिएको बताए ।
स्थानीयको माग अनुसार भूकम्प प्रभावित क्षेत्रमा सबैभन्दा पहिले भुर्गवविद् खटाउने, र जग्गा जमिनको जाँच पछि मात्र त्यो स्थानमा घर निर्माणका लागि पहल गर्ने बताए । घर बनाउनका लागि स्थानीय स्रोत साधनलाई नै अधिकतम प्रयोग गर्न समेत आग्रह गरेका छन् ।
भुकम्पीय आवास पुर्ननिर्र्माण इकाई कार्यलय धादिङ सहित गोरखामा पनि उद्घाटन गरिएको छ । यो भूकम्प प्रभावित ११ जिल्लामा स्थापना गरिने पनि रेग्मीले बताए ।
कार्यक्रममा डोलिडारका उपमहानिर्देशक गणेश बस्तीले भवन निर्माणका प्रावधानका बारेमा जानकारी गराएका थिए । धादिङ जिल्लाका ३१ वटा गाविसका ५ हजार कालीगणलाई तालिम दिइसकेको र अब अन्य जनशक्तिलाई तालिम पश्चात भवन निर्माण कार्य अघि बढाउने कार्यक्रममा बताइएको छ ।
स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।