Mon. Mar 17th, 2025

जोगिमाराका चेपाङले अझै पाएनन् न्यानो कपडा

chapang1३ माघ, धादिङ – पुस, माघको ठण्डी जाडो । एउटा पातलो लुगा मात्र लगाएर जाडो कटाउदैछन् जोगिमाराका चेपाङहरु । भूकम्पले घर भत्कियो । बस्ने ठाँउ छैन । कठ्याङिगएको जाडोमा एकसरो न्यानो कपडा लगाउन समेत पाएका छैनन् चेपाङहरु ।

जाडो महिना सकिनै लाग्दा भुकम्पबाट अति प्रभावित बनेका दक्षिणी धादिङको जोगीमाराका चेपाङहरुले न्यानो कपडा किन्ने राहत नपाएको गुनासो गरेका छन् । सरकारले न्यानो कपडा किन्नका लागि १० हजार रुपैया दिने घोषणा गरेको भएपनि यहाँका चेपाङहरुले पाउन सकेका छैनन् । राजमार्ग छेउछाउ जहाँ सडकसञ्जाल पुगेका छन् । त्यहाँ मानिसहरु आउँछन् अनि चेपाङलाई राहत वितरण गरियो भन्छन् । स्थानीयले गुनासो गरेका छन् ।

यस ठाँउमा खाद्यान्न संकट र जाडोमा महिनामा बढी दुःख हुने चेपाङ परिवारहरुमा यस बर्ष विनाशकारी भुकम्पका कारण थप क्षति बेहोर्नुपरेपछि अहिले चेपाङहरु जाडोबाट झन प्रभावित भएका छन् । जोगीमारा गाउँ विकास समिति वडा नं ५ का रामशरण चेपाङले भने, ‘राजमार्ग छेउछाउमा बस्ने चेपाङहरु त अलि टाठा बाठा हुने भए उनीहरु मागेर भएपनि राहत लिएका छन्, गाउँ तिरका चेपाङ भने जाडोमा कठ्याङिग्रएरै मर्ने भए । सरकारले न्यानो कपडा किन्नको लागि दिने भनेको १० हजार राहत पनि दिएका छैनन ।’

chapang2

पटक–पटक न्यानो कपडाको लागि १० हजार वितरण गर्नको लगि भनेर स्थानियहरुलाइ जम्मा गराएपनि वितरण नगरी फर्काइदा चेपाङहरु झन निराश भएका छन । स्थानिय ६५ बर्षिय बृद्ध शुभराज चेपाङले भने, ‘हामी यहाँ त्रिपाल र कट्टुसको सेउला बारेर बसिरहेका छौँ, सरकारका मान्छेहरु गाउँ आउछन, लेखापढी पनि गर्छन तर न्यानो कपडा किन्नको लागि दिने भनेको १० हजारको आश मात्रै देखाएर जान्छन ।’ भुकम्पले चर्काएको घर बाहिर सेउला र त्रिपालको टहरो बनाएर बसिरहेकाले बढी जाडो हुँदा आगो तापेर बस्ने गरेको जोगीमारा ५ का स्थानिय श्याम बहादुर चेपाङले बताए । उनले भने, ‘सरकारले १० हजार रुपैया न्यानो कपडा किन्नको लागि दिन्छु भनेको छ, बेला बेलामा लिन आइज भनेर दुःख पनि दिन्छ तर खाली नाम टिपाएर मात्रै फर्काउँछ, दिने भए छिटो दिए हुन्थ्यो नदिने भए आश त लाग्दैनथ्यो ।’

जोगीमारा गाउँ विकास समितिमा रहेका १५ सय ४६ घरपूर्ण रुपमा क्षतिग्रस्त भएका छन् जससमध्ये ६ सय ५० भन्दा बढी घरधुरीहरु चेपाङ समुदायको रहेका छन् ।

About The Author

अन्य समाचारहरु: