धादिङ जिल्ला गजुरी गाँउ विकास समितिको छेवाङमा जन्मनु भएका लोकनाथ डल्लाकोटी धादिङका युवा व्यवसायी हुन् । धादिङ कलर ल्याव , महाशक्ति इन्टरप्राइजेज, महाशक्ति खाद्य उद्योग लगायतका व्यवसायीक फर्मबाट आफूलाई चिनाएका डल्लाकोटी उद्योग वाणिज्य संघ धादिङका महासचिव समेत हुनुहन्छ । उद्योग वाणिज्य संघ धादिङले २०७१ पुस ७ गतेदेखि १७ गतेसम्म मध्यमाञ्चल क्षेत्रिय महोत्सव २०७१ को आयोजना गर्दै छ । जिल्लाको समग्र आर्थिक तथा सामाजिक पक्षलाई समेटेर धादिङबेसीको खुल्लामञ्चमा महोत्सवको आयोजना गरिएको छ । महोत्सवका लागि अहिले तयारी तीव्र पारिएको छ । यस सम्बन्धमा महासचिव डल्लाकोटीसँग महोत्सवका विविध पक्षको विषयमा पाविल अनलाइनका सरिता श्रेष्ठले गर्नुभएको कुराकानी

महासचिव
उद्योग वाणिज्य संघ, धादिङ
धादिङमा मध्यमाञ्चल क्षेत्रिय मेला गर्दै हुनुहन्छ, मेलाको बारेमा तपाइको बुझाई के छ ?
जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दिर्र्घकालीन लक्ष्य राखेर सफलता पूर्वक सम्पन्न गराएका थियौँ । त्यसकै निरन्तरता स्वरुप यस वर्ष पनि आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिदै मेलाको आयोजना गरेका छौँ । यस मेलाले सम्पूर्ण धादिङ जिल्लाको कृषि, पर्यटक तथा औद्योगिक क्षेत्रमा टेवा पुग्नेछ ।
मेला महोत्सव जताजतै हुने गर्दछ , तपाइहरुले आयोजना गर्नुभएको मेलाकोे मुख्य उद्देश्य के हो ?
जिल्लामा हुने मेला महोत्सवको आ–आफ्नै लक्ष्य उद्देश्यहरु झल्किएको हुन्छ । हामीले पनि धादिङ जिल्लाको आर्थिक, सामाजिक तथा अन्य विविध बस्तुहरुको प्रवद्र्धनका लागि मेलाको आयोजना गरेका हौँ । मेलामा राखिएका बस्तुहरुको प्रदर्शनीबाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने, स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्¥याउने मुख्य उद्देश्य रहेको छ ।
त्यस्तै पर्यटकिय स्थलहरुको बिकास र बिस्तारमा टेवा पु¥याउन, स्थानीय बजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउन, उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउन, कृषि पेशालाई व्यवसायिक रुपमा बिकास गराउन सहयोग गर्न, आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउन, लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्न, बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्न र लगानीका अवसरहरुको सृजना गर्न यस महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
धादिङमा आयोजना गर्ने मेलाले जिल्लाको कृषि, पर्यटन र उद्योगको क्षेत्रमा कस्तो प्रभाव पार्दछ, र मेला पछाडि जिल्लाले प्राप्त गर्ने लाभ चाहिँ के हो ?
धादिङ जिल्लाको अर्थतन्त्रको मूल आधार कृषि, पर्यटन तथा औद्योगिक क्षेत्र हो । स्रोत र साधनले भरिपूर्ण धादिङले विकासको प्रचुर सम्भावना बोकेको छ । पर्यटकीय हिसावले गणेश हिमाल पैदल मार्ग, त्रिशुली ¥याफ्टिङ, प्रचुर सम्भावना रहेको बुढिगण्डकी जलाशय युक्त जल विद्युत आयोजना, गंगा जमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक लगायत यहांका आकर्षक पर्यटक गन्तव्यहरु प्रशस्त मात्रमा रहेको छ । यसको उचित प्रचार प्रसार र प्रवद्र्धन गर्नका लागि पनि मेलाले सहयोग गर्नेछ । र समृद्ध जिल्लाको रुपमा धादिङको पहिचान स्थापित गराउने छ । यस जिल्लामा करिव १५० प्रजातिका जडिबुटी पहिचान भै सकेका छन् । रुवी ढुङ्गा, गन्धक, स्लेट ढुङ्गा लगाएतका खानी उत्खनन् हुन सके अझै जिल्लालाई आर्थिक हिसावले सवल वनाउन सकिने हामिले बिश्वास लिएका छौ ।
मेलाको आयोजना त गर्नुभयो तयारी चाहिँ कहाँ पु¥याउनु भएको छ ?
मेलाको तयारी एकदमै भव्य रुपमा भइरहेको छ । सञ्चारमाध्यममा सुचना, सन्देशहरु मार्फत प्रचारप्रसार त छदैछ हामीले अन्य माध्यमहरुबाट पनि मेलाको प्रचारका लागि कुनै कसुर छोडेका छैनौँ । हामीले मेला गर्ने स्थानको लागि जिल्ला प्रशासन कार्यालय धादिङबाट स्विकृती लिइसकेका छौँ । मेला सञ्चालन निर्देशिका निर्माण कार्य, पार्किङको लागि बाणिज्य बैकसंग बैकको स्वामित्वमा रहेको जग्गा प्रयोग गर्न सहमती लिएको, प्रवद्र्धक, सहयोगी, प्रायोजक, सह प्रायोजकका लागि आवश्यक समन्वय तथा पत्राचार भएको, १९ जिल्लामा महोत्सवमा सहभागिताको लागि पत्राचार लगायतका कार्यहरु गरिसकेका छौँ । त्यस्तै बाल उद्यान, स्टल, गेट, मञ्च, लाईट, साउण्ड निर्माण÷जडानको लागि दुई पक्षिय संझौता सम्पन्न, खुल्ला चौर ठेक्का संझौता, स्टल बुकीङ कार्य भईरहेको, सचिवालयको लागि कर्मचारी मिलन केन्द्र धादिङको भवन प्रयोग गर्न सहमती प्राप्त, महोत्सवको समुद्घाटन प्रधानमन्त्रीज्यू बाट गराउने तय, बुढीगण्डकी आयोजना झल्कने गरी गेट तथा मञ्च निर्माणका लागि आवश्यक समन्वय गर्ने जस्ता कार्यहरु भइरहेको छ ।
जिल्लामा उद्योग वाणिज्य संघ विभाजित छ विगतमा पनि मेला दुइवटा भए, यस पटक पनि दुइ वटै संघले मेलाको आयोजना गर्नुभएको छ, यसले व्यवसायको हितमा कसरी काम गर्न सक्छ ?
मलाई संघ विभाजित भएको जस्तो लाग्दैन । जुन कानुनको आधारमा धादिङ उद्योग वाणिज्य संघ दर्ता भएको हो त्यही कानुनको आधारमा उद्योग वाणिज्य संघ धादिङ दर्ता भएको हो । हामीलाई फुछाइएको भन्ने आरोप लागेको छ, यो सत्य होइन उहाँहरुले संस्थालाई अमुख राजनितिक दलको भातृ संगठन जस्तै गरी चलाउनु भयो, व्यवसायको हितमा काम गर्न सक्नु भएन त्यस कारण व्यवसायको हित र व्यवसाय प्रवद्धनकमा लागि हामीले आफ्नो सहभागीतामा आफ्ना लागि संस्था स्थापना ग्रेका हौँ । बाहिर चले जस्तो हल्ला व्यवहारत सत्य होइन । जहाँसम्म तपाइले मेलाको कुरा गर्नुभएको छ हामीले आफ्नौ स्थापना कालदेखि न नै मेला गर्दै आएका हौँ र अहिले पनि मेलाको आयोजना गरेका छौँ । कसले कहाँ कुन कार्यक्रमको आयोजना ग¥यो त्यो हामीलाई जानकारी छैन हामी जुन गतिमा अद्धि बढिरहेका छौँ त्यसमा हामी विश्वस्त छौँ निर्धारित समयमा मेला सम्पन्न हुन्छ ।
मेलाको सन्दर्भमा के भन्नुहुन्छ ?
मेलाको आयोजना गरेका छौँ । यो मेला तपाई हहामी सबैको मेला हो । आउनुस् सहकार्य गरौँ अगाडि बढौँ र मेलालई उपलब्धीमूलक ढङगबाट सम्पन्न गरौँ ।