धादिङ – नयाँ मिस नेपालको खोजी सुरु गरिएको छ । खोजी कार्य अन्र्तगत चर्चित सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल’को २१ औं संकरणका लागि आवेदन खुल्ला गरिएको छ । आयोजक संस्था द हिडन ट्रेजरले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ संकरण सुरु गरिएको बताएका हुन् । संस्थाका अध्यक्ष गोपाल कक्षपतिले २१ औं संकरणको छनोट, अन्र्तवार्ता एक महिनापछि सुरु हुने जानकारी दिए ।
प्रतियोगीहरुको उमेर १९ देखि २४ बर्ष, ५.४ इन्चदेखि माथि उचाई हुनुपर्ने शर्त अगाडि सारिएको छ । साथै बिहे नगरेको, बच्चा नजन्माएको, प्लस टू पास वा समान, नेपाली नागरिकता वा नेपाली पासपोर्ट हुनुपर्ने बताइएको छ ।
मिस नेपाल वल्र्ड इभाना मानन्धरले कार्यक्रममा चीनको सान्यामा केही समय अघि भएको विश्व सुन्दरी प्रतियोगीताको संमरण गर्दै अन्य देशका प्रतियोगीले आफूलाई नामले भन्दा नेपाल भनेर बोलाउने गरेको बताइन् । उनले अन्तरराष्ट्रिय प्रतियोगीतामा सहभागी हुनेलाई सरकारले सहयोग गर्नुपर्ने बताइन् । प्रतियोगीताको फाइनल अप्रिल ८ मा हुने आयोजकले बताएको छ ।